सन्तोष राई 

न्युयोर्क : लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन्।
कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की बरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवमा सार्वजनिक गरिएको भए पनि मंगलबार न्युयोर्कको ज्याक्सन हाइटस्थित गोरखा रेस्टुरेन्टमा एक भव्य कार्यक्रमबीच सार्वजनिक  गरिएको हो।


उक्त कार्यक्रममा एनआरएनए न्युयोर्क च्याप्टरका सभापति आङ्ग छिरिङ शेर्पा, संयुक्त राज्य अमेरिका न्युयोर्क राज्यका पर्यटन दूत तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)का केन्द्रिय उपाध्यक्ष केशबराम राई, कलाकार संघ अमेरिकाकी अध्यक्ष नीशा सुनार, चर्चित लोक दोहोरी गायक बिमल डाँगी, कलाकार तथा बरिष्ठ नृत्य निर्देशक गोविन्द राई, कलाकार सपना श्री लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका भ्रमणमा रहेका बोर्डका अध्यक्ष केसीले आफूलाई न्युयोर्कमा  गरिएको न्यानो स्वागतका निम्ति सबैलाई धन्यवाद दिँदै आफूसित गीत गाएका र चलचित्रमा खेलेका साथीहरुसित भेट हुँदा खुसी लागेको बताए । 


कार्यक्रमको अन्त्यमा गायिका बसन्तीले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन विक्की पुलामीले गरेका थिए ।


यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको तर्फबाट अध्यक्ष ममता खालिङ राई, सचिव सन्तोष राई, सांस्कृतिक संयोजक रोशन राई, सदस्यहरु बबिता राई, मालती राई, बेन्जु राई र जानकी राईले गायिका बसन्तीलाई फूलका गुच्छा तथा खादा ओढाएर बधाई दिएका थिए।  त्यस्तै, अन्य विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु लगायतकाले पनि उनलाई खादा र फूलका गुच्छासहित बधाई दिएका थिए ।


राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ ।
चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसंग ठुम्का लगाएकी छिन् । यस म्युजिक भिडियोमा कलाकार सुरवीर पण्डितलाई फरक गेटअपमा निर्देशक गम्भीरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुती दर्शकहरुले फरक स्वादको रुपमा लिन सक्नेछन् ।


बसन्तीको यो भन्दा अगाडी चर्चित गायक राजेशपायल राईसंग गाएको ‘सोई ढोले सोइ’, महानायक राजेश हमालसंग मोड्लिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’ लगायत धेरै गीतहरु सार्वजनिक भैसकेका छन् । यो गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया