अनुवाद : क्रान्ति सुब्बा

१. ममाथि गहन उत्तरदायित्व आइपरेको महसुस मैले अन्तर हृदयमा गरेको छु। मेरो मनमा हरपल यस्ता प्रश्नहरू मडारिरहेका हुन्छ्न : आखिर जनताका प्रमुख चासोहरू के के हुन सक्छन ? हङकङलाई हेर्ने  उनीहरूको दृष्टिकोण कस्तो छ ? र सरकारबाट सम्बोधन हुने नीतिप्रति उनीहरूको अपेक्षा के छ ? म आज विगत तीन महिनाको अन्तरालमा मलाई महत्त्वपूर्ण सुझावहरु प्रदान गर्ने जनता र समुदायका सबै क्षेत्र तथा मलाई एकजुट भएर सहयोग गर्ने मेरो टिमलाई  कृतज्ञता प्रकट गर्दछु । हामी एक भएर सुन्दर हङकङ निर्माण गर्न कटिबद्ध छौं ।

२. एउटा सिंगो शताब्दीमा नदेखिएका गम्भीर  परिवर्तनहरूबाट अहिलेको विश्व गुज्रिरहेको छ। महामारी र तीव्र गतिमा बिग्रँदै गएको विश्वव्यापी आर्थिक अवस्थालाई  उच्च मुद्रास्फीति, ब्याजदरमा आएको  वृद्धि, मौद्रिक नीतिमा आएको कडाइपन, व्यापार सम्बन्धि विश्वमा आएको  विवाद र भूराजनीतिक तनावले विश्वव्यापी अर्थतन्त्रको वृद्धिको गतिलाई थप कमजोर बनाइदिएको छ। यसले हाम्रो आर्थिक पुनरुत्थानको गतिलाई असर गर्नेछ।

३. तमाम चुनौतिहरूको बावजुद पनि हङकङको आफ्नै मौलिक सबल पक्षहरू छन् साथै “एक देश, दुई प्रणाली” अन्तर्गत  प्रशस्त अवसरहरू प्राप्त हुने परिस्थिति छ। विश्वव्यापी रूपमा नै सर्वाधिक बलिस्ठ  व्यापारिक वातावरण भएको  हङकङ एक अन्तर्राष्ट्रिय वित्तीय, व्यापार र ढुवानी केन्द्रको रूपमा रहेकोे छ। साथै विश्वको सबैभन्दा ठूलो अफसोर रेन्मिन्बी (RMB) व्यापार केन्द्र हो यो शहर । यी बाहेक, हाम्रा उदीयमान उद्योगहरू, जस्तै इनोभेसन एन्ड टेक्नोलोजी  (I&T) पनि  फस्टाउँदैछन्। हङकङमा हार्डवेयर र सफ्टवेयर दुवैमा उन्नत पूर्वाधार, एक राम्रो कानुनी प्रणाली र विश्वभरका उत्कृष्ट प्रतिभाहरू छन्। एसियाको मुटुमा रहेको हङकङ बहुराष्ट्रिय कर्पोरेसनहरूद्वारा एशियामा आफ्नो व्यापार परिचालन गर्न चुनिएको एउटा लोकप्रिय स्थल हो। हङकङ एक खुला र बिबिधताले युक्त यस्तो महानगर हो जहाँ पुरानो र नयाँ जीवनशैलीको संगम देख्न सकिन्छ । चिनियाँ र पश्चिमी संस्कृति एकसाथ  अँगालेर बसेको एउटा  आकर्षक शहर पनि हो हङकङ ।

४. “एक देश, दुई प्रणाली” अन्तर्गत हङकङसंग केहि विशिष्ट फाइदाहरु छ्न जस्तै एकातिर हङकङले  मातृभूमि चीनको बलियो समर्थनलाई पुर्णतः प्राप्त गरेको छ भने अर्कोतिर  विश्वसँग पनि त्यतिकै घनिष्ठ रूपमा जोडिन सकेको छ। मुलभुमी चीनको विशाल बजारमा सीधा पहुँच  रहनु र अन्तर्राष्ट्रिय सम्बन्ध बलियो रहनुले हङकङ मुल भूमि चीन  र बाँकी विश्वलाई जोड्ने पुलको रूपमा रहेकोे छ। १४ औं पञ्चवर्षीय योजना, ग्वाङडोङ-हङकङ-मकाउ ग्रेटर बे एरिया (GBA) को विकास र बेल्ट एण्ड रोड इनिसिएटिभ लगायतका प्रमुख राष्ट्रिय रणनीतिहरूले हङकङलाई असीमित अवसरहरू प्रदान गर्दछ।

५. यस वर्ष, मातृभूमिमा हङकङ फर्केको २५ औं वार्षिकोत्सव र हङकङ सरकारको छैटौं कार्यकालको  उद्घाटन समारोहमा उपस्थित हुन राष्ट्रपति सी जिङ पिङको हङकङ भ्रमण भएको थियो र वहाँले एउटा महत्त्वपूर्ण वक्तव्य दिनु भएको थियो । यो कदमले हामीलाई सबैभन्दा ठूलो प्रोत्साहन दिएको छ । राष्ट्रपति सीले “चार आवश्यक मुद्दा ” र “चार प्रस्तावहरू” अगाडि राख्नुभयो र भन्नुभयो, “हङकङ तब मात्र समृद्ध हुनेछ जब त्यहाँका युवाहरू फस्टाउँनेछ्न”। यसले हाम्रो भविष्यको विकासमा समुदायका सबै क्षेत्रहरूको आत्म विश्वासलाई सुदृढ गरेको छ। म राष्ट्रपति सीप्रति उनको यो महत्त्वपूर्ण भाषणको निम्ति  कृतज्ञ छु, जुन भाषणले नै अब मेरो शासनको खाकालाई दिशानिर्देश गर्दछ। हङकङले अराजकताद्वारा सिर्जित एउटा ठूलो संक्रमणलाई पार गरेर सुव्यवस्था हासिल गरेको छ, र हङकङ अहिले स्थिरताबाट समृद्धितर्फ अग्रसर हुने महत्वपूर्ण चरणमा छ। आगामी पाँच वर्षमा म सरकारको टिमलाई यसरी नेतृत्व गर्नेछु कि जसले समुदायका सबै क्षेत्रलाई एक शुत्रमा बाँध्नेछ। समावेशीता, एकता र फरक दृष्टिकोणप्रति सम्मान भाव राख्ने हाम्रो कुसल  परम्परालाई पुर्णतः फस्टाउने वातावरण बनाउने छु । सर्वपक्षबाट जनताको सेवा र हङकङको बिकास श्रेष्ठ तरिकाले गर्ने दिव्य प्रयास हाम्रो रहनेछ फलतः
पूर्वको मोती रूपमा रहेको हङकङको छबि अझ चम्किलो भएर जावस ।

६. यो हङकङका नागरिकहरूका लागि तयार पारिएको पोलिसी एड्रेस हो। अब म मेरो शासन बिधि प्रतिको विश्वास, दर्शन र नीतिगत पहलहरूको रूपरेखा प्रस्तुत गर्नेछु। हङकङको निम्ति हातेमालो गरेर नयाँ अध्याय सुरु गरौं।

II. “एक देश, दुई प्रणाली” को सिद्धान्तलाई समर्थन गर्दै र यसबाट लाभ उठाउँदै राष्ट्र  सुरक्षाको  ठोस आधार निर्माण गर्ने

७. “एक देश, दुई प्रणाली” को सिद्धान्त हङकङको दीर्घकालीन समृद्धि र स्थिरताको लागि सबैभन्दा राम्रो संस्थागत सुरक्षा हो। राष्ट्रपति सी जिङपिङले जुलाई १ मा दिएको आफ्नो महत्वपूर्ण भाषणमा जोड दिदै भने झैं “एक देश, दुई प्रणाली” को व्यवहारिक परीक्षण बारम्बार भैसकेकोछ, त्यसैले हामीले यस्तो राम्रो नीतिलाई  परिवर्तन गर्नुपर्ने  कुनै कारण छैन । बरु  हामीले यस नितिलाई दिर्घकाल सम्म पालन गर्नुपर्छ। “एक देश, दुई प्रणाली” सिद्धान्तबारे विगतमा भएका तमाम बहसहरुलाई अमान्य साबित गर्दै राष्ट्रपतिले एउटा  निश्चित टोनमा हङकङलाई एउटा बलियो आश्वासन दिनुभएको छ।

८. “एक देश, दुई व्यवस्था”  सिद्धान्तको सर्वोच्च प्राथमिकता भनेको राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासजन्य हितको रक्षा गर्नु हो। मातृभूमिमा गाभिएको विगत २५ वर्षको अनुभवले स्पष्ट प्रतिबिम्बित गरेको यथार्थको आधारमा  हामीले “एक देश, दुई प्रणाली” को सिद्धान्तलाई पूर्ण र इमान्दारीपूर्वक लागू गर्नुपर्दछ, जनवादी गणतन्त्र चीन (चीनको संविधान) र जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ (आधारभूत कानून) को आधारभूत कानूनले तय गरेको हङकङ सार (HKSAR) को संवैधानिक आधार र प्रणालीको संरक्षण गर्नुपर्दछ, “देशभक्तहरुद्वारा प्रशासित हङकङ ” को सिद्धान्तलाई लागू  गर्नु पर्दछ र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सर्वोच्च सिद्धान्तलाई समर्थन गर्नु पर्दछ ।  “एक देश” को सिद्धान्तलाई जति दृढताका साथ पालना गरिन्छ, त्यति नै शक्तिशाली ढंगले “दुई प्रणाली” को मजबुतीकरण हुनेछ।

९. विगत २५ वर्षमा हङकङले विभिन्न चुनौतिहरू पार गरी प्रगतिशील विकासको बाटोमा अगाडि बढेको छ।  बदलिँदो बाह्य परिवेश, महामारीको प्रभाव र विगतमा भएको सामाजिक अशान्तिले समेत  हाम्रो गतिलाई  सुस्त बनाएको छैन । तथापि अहिले हामीले प्राप्त गरेको समृद्धि र स्थिरतालाई मुल्यहिन मान्न हुन्न । एउटा अराजक स्थितिलाई चिरेर सुव्यवस्थाको पुनर्स्थापना गरिएको यो अबस्थामा संभावित आतंक  र खतराप्रति हामी  सजग रहनुपर्छ, धरातलीय यथार्थको आधारमा सोच्नु पर्छ । र राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासजन्य  हितको रक्षाका लागि हाम्रा प्रयासहरूलाई निरन्तरता दिनुपर्छ। अराजक स्थिति  सुव्यवस्थामा परिणत भैसकेपछी हङकङ अहिले स्थायित्वबाट समृद्धि तर्फ फड्को मार्ने क्रममा छ। यस क्रममा हाम्रो संवैधानिक व्यवस्थालाई अझ राम्रोसँग सुरक्षित गर्न सकिएको छ र हाम्रो शासन प्रणालीमा सुधार आएको छ। वास्तवमा सर्बाधिक महत्त्वको विषय हो विकास ।  समुन्नतिको लागि हङकङसंग मजबुत आधारशिला छ।  साथै हङकङलाई मातृभूमिको सदैव बलियो फलकारी  समर्थन रहनु र “एक देश, दुई प्रणाली” अन्तर्गत विश्वसँग घनिष्ठ सम्बन्ध हुनुले विकासको लागि हङकङसंग पर्याप्त स्थान छ।

“एक देश, दुई प्रणाली”  सिद्धान्तको पूर्ण र निष्ठापूर्वक कार्यान्वयन

१०.  विकासको सन्दर्भमा हङकङले कुनै पनि किसिमको ढिलासुस्तीलाई अनुमति दिदैन। सामाजिक स्थायित्व हाम्रो विकासको पूर्वशर्त हो र हामी सबै  किसिमको हस्तक्षेपबाट मुक्त हुनैपर्छ । हामी मातृभूमि र हङकङ दुवै प्रतिको प्रेम अंकित मुलभुत मूल्यमान्यतालाई केन्द्रमा राखी अगाडि बढ्नु पर्छ र त्यो मुल्यमान्यता “एक देश, दुई प्रणाली” को सिद्धान्त अनुरूप हुनुपर्दछ। र उज्ज्वल भविष्य निर्माणको निम्ति  सबै समुदायलाई मिलेर काम गर्न उत्प्रेरित गर्नुपर्छ।

११. हामी हङकङ सार (HKSAR ) को संवैधानिक व्यवस्था र संविधान अन्तर्गत स्थापित हाम्रो देशको मौलिक प्रणालीको रक्षार्थ दृढताका साथ लागी परिरहनेछौं। हामी संविधान,आधारभूत कानून र विशेष प्रशासनिक क्षेत्र हङकङको राष्ट्रिय सुरक्षा कानूनलाई संरक्षण दिन बनाइएको जनवादी गणतन्त्र चीनको ऐनलाई बिशेष प्रचारप्रसार गर्न र यस सम्बन्धि जनमानसलाई सुशिक्षित तुल्याउन जोडदार पुर्बक लाग्नेछौं। मुख्य प्रशासनिक सचीवको नेतृत्वमा रहेको
आधारभूत कानून प्रवर्द्धन संचालक समितिको नाम परिवर्तन गरी संविधान तथा आधारभूत कानून प्रवर्द्धन संचालक समिति बनाइने छ। संविधानको प्रवर्द्धनमा सरकारले दिएको महत्वलाई दर्साउन साथै र सम्बन्धित कामलाई अगाडि बढाउन कतिको दृढ संकल्पित छौं भन्ने देखाउन यस्तो कदम उठाउन अपरिहार्य छ।

१२. हङकङको प्रतीक र ध्वजाको रूपमा क्षेत्रीय झण्डा र क्षेत्रीय प्रतीकको गरिमालाई थप संरक्षण गर्न सरकारले चालु विधायी वर्ष भित्र क्षेत्रीय झण्डा र क्षेत्रीय प्रतीक अध्यादेश अन्तर्गत संशोधनहरू विधान परिषद (LegCo) मा पेश गर्नेछ।  राष्ट्रिय झण्डा र राष्ट्रिय प्रतीक अध्यादेश र राष्ट्रिय गान अध्यादेश मध्ये कुनमा सम्मेलित गर्न उपयुक्त हुन्छ सोही अनुसार संशोधनलाई राखिनेछ।

१३. राष्ट्रिय सुरक्षा कानूनको विधायिकी अभिप्राय वफादार साथ पालना भएको सुनिश्चित गर्न हामी हङकङको मिनि संबिधानको धारा २३ लाई कार्यान्वयन गर्न चाहिने आवश्यक अधिनियम निर्माण गर्ने कार्यमा जुटेर राष्ट्रिय सुरक्षाको रक्षाका लागि यहाँको कानुनी प्रणाली र कार्यान्वयन संयन्त्रलाई थप सुदृढ गर्नेछौं।  अनलाइन र अफलाइन क्राउडफन्डिङ गतिविधिहरूको नियमनका लागि कानून बनाउने, महत्त्वपूर्ण पूर्वाधार सहितको साइबर सुरक्षा बढाउनका लागि कानून बनाउने,  गलत सूचना सम्बन्धिको विषय वस्तुलाई सम्बोधन गर्न परामर्श अध्ययन पूरा गर्ने, इत्यादि कर्म पनि गर्नेछौं ।

१४. “हङकङ देशभक्तद्वारा प्रशासित” भन्ने नारालाई कार्यान्वयन गर्न सरकारले कानून बमोजिम विभिन्न निर्वाचनहरू आयोजना गर्न सुधारिएको निर्वाचन प्रणालीलाई कडाईका साथ पालन गर्नेछ।  राजनीति र नीतिगत बहसमा सहभागी हुन चाहने देशभक्तहरूलाई निष्पक्ष, न्यायपूर्ण र खुला रूपमा निर्वाचित हुने अवसर दिइनेछ। यसका अलावा सरकारले इमान्दारीता र योग्यताको आधारमा मातृभूमि र हङकङलाई माया गर्ने दृढ निश्चयी, कुसल शासन क्षमता भएका र सामुदायिक सेवा प्रति समर्पित हुने उत्कट इच्छा भएका उत्कृष्ट व्यक्तित्वहरुलाई सरकार र सरकार अन्तर्गतका विभिन्न समिति तथा सार्वजनिक निकायहरूमा व्यापक रूपमा आकर्षित गर्नेछ।  ।

१५. म कार्यपालिकाको नेतृत्वमा रहेको संरचनालाई सुदृढ गर्दै  कार्यान्वयन गर्नेछु र कार्यपालिका तथा  व्यवस्थापिकाबीच रचनात्मक र अन्तरक्रियात्मक सम्बन्धलाई  पृष्ठपोषण गर्ने उपायहरुको खोजी जारी राख्नेछु।  विधायिकी परिषदका सदस्यहरु संगको वैचारिक आदानप्रदानलाई बलियो बनाउन एन्टे चेम्बर एक्सचेन्ज सत्रहरूलाई परिष्कृत गरिनेछ फलस्वरूप  नीति निर्माणको मामिलामा अझ राम्रो सहकार्य हासिल गर्न सकियोस्। र सामुहिक छलफल पछि गरिएका निर्णयहरूलाई अनुशरण गर्दै हामीले एक साथ हाम्रो  शासन क्षमता अभिवृद्धि गर्न सक्छौं।

कानुनी शासनको मुलभुत मूल्य मान्यतालाई सुदृढ गर्ने

१६. सरकारले स्वतन्त्र न्यायिक शक्तिको रक्षा गर्नेछ।  न्यायपालिकालाई कानुनबमोजिम स्वतन्त्र रूपमा आफ्नो न्यायिक शक्ति प्रयोग गर्ने पुर्ण अधिकार छ जसलाई हाम्रो पूर्ण समर्थन रहन्छ । र कानुनबमोजिम आफ्नो कर्तव्य निर्वाह गर्न खटिएका न्यायाधीश ,अभियोजक र कानुन व्यवसायीहरूलाई हाम्रो संरक्षण र समर्थन रहनेछ । हामी हाम्रो कानुनी शासनप्रति जनता र अन्तर्राष्ट्रिय समुदायको विश्वास बढाउन हाम्रो न्याय प्रशासन र कानुनी  शासनको रक्षा गर्नेछौं।

१७. सरकारले न्याय सचिवको अध्यक्षतामा कानुनी शासन सम्बन्धि शिक्षा प्रदान गर्न एक संचालक समिति गठन गर्नेछ, जसले समुदायमा रुल अफ ल बारे सहि र सठिक सन्देशहरू “रुल अफ ल एजुकेसन ट्रेन-द-ट्रेनर्स प्रोग्राम” मार्फत प्रवाह गर्नेछ।

तपाईको प्रतिक्रिया