क्रान्ति सुब्बा

वायोएन्टेक कम्पनीले उच्च संक्रमण क्षमता भएको ओमिक्रोनको मुल संस्करण र उप संस्करणलाई सम्बोधन गर्न सेकेन्ड जेनेरेसन वायोएन्टेक बाइभ्यालेन्ट बुस्टर भ्याक्सिन बजारमा ल्याएको छ।  मुल ओमिक्रोन भाइरस (जो लोप भैसकेको छ) को स्पाइक प्रोटिन र ओमिक्रोन उप संस्करण बिए.५ को स्पाइक प्रोटिन मिलेर बनेकोले यसलाई बाइभ्यालेन्ट अथवा द्विगुणी खोप भनिएको हो।  र हालको यो बुस्टर खोप पहिलाको मुल बुस्टर खोप भन्दा प्रभावकारी मानिएको छ।

हङकङ सरकारले खरिद गरेको बाइभ्यालेन्ट खोप मध्ये  ७७०,००० डोजको ढुवानी गत नोभेम्बर २५ तारीख शुक्रबार हङकङमा भएको थियो । १२ वर्ष देखि माथीका हङकङवासीले लाउन मिल्ने यो भ्याक्सिन   डिसेम्बर १ तारीख बिहीबारदेखि  वितरण शुरु हुनेछ जसको लागि अन्लाईन बुकिङ शुरु भैसकेको छ।
आइतबारदेखि शुरु भएको अन्लाईन बुकिङ गर्ने मानिसको संख्या नोभेम्बर २९ तारीख सम्ममा करिब ११,६००  पुगेको थियो ।
हङकङमा तत्कालको लागि चौथो डोजको विकल्पको रूपमा यस खोपलाई उपलब्ध गराइने कुरा नोभेम्बर २८ तारिख सोमबार बिहान रेडियो कार्यक्रममा  मन्त्री  इन्ग्रिड येङ हो पोइ-यानले बताएकी थिइन। खोपलाई चौथो डोजको विकल्पका रूपमा मात्र उपलब्ध गराउने नियम सरकारको विज्ञ प्यानलले सिफारिस गरेका कारण यस्तो गरिएको उनले स्पष्ट पारेकी थिइन।

यो निर्णय अस्थायी हुन सक्छ र सरकारले यो खोपलाई  दोस्रो वा तेस्रो खुराकको विकल्पको रूपमा उपलब्ध हुन सक्ने  संभावना बारे अध्ययन गर्नेछ  येङले भनिन। उनका अनुसार चौथो डोजको रूपमा मात्र नभएर दोस्रो र तेस्रो डोजको लागी पनि यसलाई प्रयोगमा ल्याउने बारे बिमर्श भैरहेको छ।

सरकारले जम्मा १९ लाख डोज खोप खरिद गरेको र खोपको यो परिमाण माग पुरा गर्न पर्याप्त हुनुपर्ने कुरामा विश्वस्त रहेको कुरा प्रकट गरिन ।

यसै सन्दर्भमा सोसाइटी अफ हस्पिटल फार्मासिस्टका अध्यक्ष विलियम चुइ चुन-मिङले हङकङका धेरै मानिसहरू चौथो बुस्टर डोज लिनको लागि पहिले नै योग्य भइसकेका बताएका छ्न।

उनको विचारमा सरकारले खरिद गरेको  खोपको यो परिमाण अपुग हुनेछ । विदेश यात्रामा जाने नागरिकहरु चौथो खोप लिन आतुर भएका आधारमा उनले यस्तो आकलन गरेका हुन।

चुईले अधिकारीहरूलाई तेस्रो खुराकको विकल्पको रूपमा यो ओमिक्रोन बूस्टरलाई  उपलब्ध गराउन पनि आग्रह गरे।

चुइका अनुसार यो बाइभ्यालेन्ट शट ओमिक्रोन भेरिएन्टको विरुद्धमा धेरै प्रभावकारी छ। यो खोप लिइसकेपछी कोभिडको मुल भ्याक्सिन भन्दा ३.२ देखि ४.८  गुणा बढी एन्टिबडी वा रोग प्रतिरोधात्मक क्षमता शरीरमा उत्पादन हुदछ।


नोभेम्बर २९ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,५४७
.स्थानीय केस संख्या : ६,९५७
.पिसिआरबाट पुष्टि केस संख्या : १,५५५ (८१२ वटा पुष्टि केस ,६२३ वटा लक्षणहिन केस र १२० वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ५,४०२

.आयातित केस संख्या : ५९० जना
.पिसिआरबाट पत्ता लागेको  केस : ५४२ जना ( ११० वटा पुष्टि केस ,४०१ वटा लक्षणहिन केस र ३१ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४८
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ४१५
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १३८
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ३७

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,०५०,६९९
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: १,०५८,७३६

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले नोभेम्बर २९ तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२४ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १३ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३४ वटा

.स्थानीय स्तरमा भेरिएन्टको स्थिति
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : ९१
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १६ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : २
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १०४ वटा 

.नोभेम्बर २० देखि नोभेम्बर २६ तारीख बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ७३.९ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १३
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि  ) : १०,५१८ जना । जसमध्ये १०,४२६ जनाको मृत्यु अस्पतालमा भएको  अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८८ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु प्राइभेट अस्पतालमा भएको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,७३१

तपाईको प्रतिक्रिया