क्रान्ति सुब्बा

हङकङमा तीन वर्षका एक बालक इन्फ्लुएञ्जा र पाँच वर्षका अर्का बालक कोभिड १९ का कारण गम्भीर अवस्थामा पुगेपछि स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २ तारिख आमाबाबुलाई आफ्ना बच्चाहरूलाई दुबै किसिमको संक्रमण विरुद्ध खोप लगाउन आह्वान गरेका थिए  ।

हङकङमा डिसेम्बर १ तारीख संक्रमित केसको संख्या १०,१३७ पुगेको थियो । यो भन्दा अगाडि केस संख्याले पाँच अंक सेप्टेम्बरमा मात्र टेकेको थियो । र त्यसपछि अहिले केस संख्याले पुन पाँच अंक टेकेको हो।

त्यसो त  अस्पताल प्राधिकरणको बाल रोग तथा  किशोर औषधि बिभागका सहयोगी सल्लाहकार सिउ का-काले भर्ना भएका संक्रमित बच्चाहरू मध्ये  धेरै जनाको अवस्था गम्भीर रहेको जनाएका थिए ।

कोविडबाट संक्रमित कृटिकल अवस्थामा रहेका पाँच वर्षीय बालकको उपचार  प्रिन्स अफ वेल्स अस्पतालको बाल चिकित्सा बिभागको आइसियुमा भइरहेको थियो ।

सिउले बताए अनुसार कोभिडबाट संक्रमित हुनु अघि उक्त बालक पुर्ण रूपमा  स्वस्थ थिए र उनले नोभेम्बर १३ मा बायोएन्टेक भ्याक्सिनको एक खुराक प्राप्त गरेका थिए ।

क्रोनिक अर्थात दीर्घ रोगबाट पीडित एक  १२ वर्षीया बालिकालाई पनि त्यसबेला कोभिड सङ्क्रमण भएको थियो ।ज्वरो आएपछि उनलाई पनि सोही अस्पतालमा पठाइएको थियो । प्रारम्भमा उनको अवस्था गम्भीर भए पनि पछि उनको अवस्था स्थिर भएको थियो ।

यसका अलावा एक २२ महिनाको बालकलाई तीन दिनदेखि ज्वरो आएको थियो र उसको मुटुको धड्कन समेत त्यसबेलाएक पटक बन्द भएको थियो। उनलाई निजी अस्पतालबाट उपचारको लागि क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो ।

इन्फ्लुएन्जा ए बाट ग्रसित एक तीन वर्षीय बालक क्विन एलिजाबेथ अस्पतालमा गम्भीर अवस्थामा रहेकोले उपचारको लागि भेन्टिलेटर प्रयोग गर्न र कार्डियोटोनिक औषधि लिन आवश्यक भएको जानकारी सिउले दिएका थिए । उनमा शुरुमा देखिएको लक्षणहरू थिए  ज्वरो आउने , पेट दुख्ने र वान्ता आउने । उनले हालैमा फ्लुको खोप  लगाएका थिए  तर एन्टिबडी उत्पादन गर्न कम्तिमा दुई हप्ता लाग्ने भएकाले सो खोपको असर त्यसबेला देखापरेको थिएन ।

यस वर्ष हङकङमा ११ वर्ष मुनिका १ लाख ६०,००० बालबालिका कोभिडबाट संक्रमित भएका छन् र तीमध्ये १० जनाको मृत्यु भएको छ।  अहिले ७० भन्दा बढी संक्रमित बालबालिकाको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

हङकङमा तीन देखि ११ वर्षका ७७ प्रतिशत बालबालिकाले मात्र दुईवटा कोविड खोप प्राप्त गरेका छ्न भने ३० प्रतिशतभन्दा कमले ट्रिपल-खोप प्राप्त गरेका छन्।  तीन वर्ष मुनिका बच्चाहरूले भने केवल १० प्रतिशतले मात्र खोपको दुई डोज प्राप्त गरेका छन्।

सिउले लक्षणको गम्भीरतालाई  कम गर्न अभिभावकहरूले आफ्ना बालबालिकालाई यथाशीघ्र खोप लगाउनु पर्नेमा जोड दिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हालैको ढल निरिक्षणमा आएको कोविड भाइरल लोड हङकङ पाचौं लहरको उत्कर्ष पुगेको बेला जत्तिकै पुगेको छ । यसको अर्थ भाइरस व्यापक रूपमा समुदाय स्तरमा फैलिसको मान्न सकिन्छ । स्मरण रहोस् हङकङमा  पाचौं लहर मार्च महिनाको प्रारम्भमा उतकर्षमा पुगेको थियो ।

गत हप्तामा औसत ८,५८२ दैनिक संक्रमण केस  रेकर्ड गरिएको थियो जुन अघिल्लो हप्ताको तुलनामा ८.४ प्रतिशतले बढी हो।

अधिकारीहरूले गएको  हप्तामा ११५ कोविड मृत्यु रिपोर्ट गरेका थिए जबकि अघिल्लो हप्ता ७० जनाको मृत्यु भएको थियो जुन गएको हप्ता भन्दा ४७ प्रतिशत बढी हो।

स्वास्थ्य उपसचिव लिबी ली हा-युनले मृतकको संख्या वृद्धि हुनुको एउटा कारण बिरामीहरूले समयमा नै डाक्टरको सल्लाह नलिनु रहेको बताइन। उनले पोजिटिभ पुष्टि हुनासाथ यथाशीघ्र  डाक्टरको मद्दत लिने र कोभिडको मौखिक औषधि लिन आग्रह गरिन।

लीले हालको सामाजिक दूरी सम्बन्धि नियम डिसेम्बर १४ सम्म रहनेछ, तर महामारीको प्रकोप विस्तार भएको खण्डमा नियमलाई  कडाइ गर्न सकिने पनि  बताइन् ।

संक्रमणको पुनरागमन भएको अहिलेको स्थितिमा सामाजिक दूरीका नियमहरूलाई थप नरम पार्नु उपयुक्त छैन भने अर्को तिर कोभिड नियमलाई पुन कडा गर्ने हैसियत पनि हङकङसंग नरहेको उनले स्मरण गराईन।

हङकङका श्वासप्रश्वास विशेषज्ञ ल्यङ चि-चिउले हालै कोभिड केसमा ह्वात्तै आएको वृद्धि अबको दुई हप्तामा उत्कर्षमा पुग्ने कुरा डिसेम्बर २ तारीख शुक्रबार एक रेडियो कार्यक्रममा बताएका थिए ।

उनले शहरले आर्जेको बिए.२ विरुद्धको समग्र रोग  प्रतिरोधात्मक क्षमता समयसँगै घट्दै गएको बताएका थिए ।

डिसेम्बर ५ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,५०८
.स्थानीय केस संख्या : ८,८४३
.पिसिआरबाट पुष्टि केस संख्या : १,९७७ (९८५ वटा पुष्टि केस ,८२७ वटा लक्षणहिन केस र १६५ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: ६,८६६

.आयातित केस संख्या : ६६५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ५७९ जना ( १०४ वटा पुष्टि केस ,४५८ वटा लक्षणहिन केस र १७ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ८६
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ४५७
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: १५९
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ४९

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,०६५,६५६
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: १,१०१,८२८

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले डिसेम्बर ५ तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२५ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १३ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३६ वटा

.स्थानीय स्तरमा भेरिएन्टको स्थिति
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : १०४
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १८ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : ४
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १२१ वटा 

.नोभेम्बर २६ देखि डिसेम्बर  २ तारीख बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ७०.१६ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २०
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि  ) : १०,६१३ जना । जसमध्ये १०,५१७ जनाको मृत्यु अस्पतालमा भएको अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने ९२ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु प्राइभेट अस्पतालमा भएको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,८२६

.अस्पतालमा भर्नारत बिरामीको संख्या : २,९९३ ( नयाँ भर्ना भएका बिरामी : ४११ )
.अक्सिजन थेरापीमा रहेका बिरामीको संख्या : ३१८
.भेन्टिलेटरमा रहेका बिरामीको संख्या : १७
.आइसोलेसन वार्डमा रहेका बिरामीको संख्या : ७०४
.दोस्रो तहको वार्डमा रहेका बिरामीको संख्या : २२०
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन सेन्टर रहेका बिरामीको संख्या : ५८० ( नयाँ बिरामीको संख्या : २८४ )
.नयाँ क्रीटिकल बिरामीको संख्या : १३
.नयाँ गम्भीर बिरामीको संख्या : २२
. कुल क्रीटिकल बिरामीको संख्या: ७०
.कुल गम्भीर बिरामीको संख्या : ८२
.आइसियुमा रहेको बिरामीको संख्या : २१
.२४ घन्टाको अवधीमा निको भएका बिरामीको संख्या : १७९ (डिस्चार्ज भएका बिरामी : १४५ जना)

तपाईको प्रतिक्रिया