काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्मदिको पूर्वसन्ध्यामा आज आइतबार विज्ञप्ति जारी गरेकय छन् । पूर्वराजा शाहले विज्ञप्तीमा राजनीति भन्नु नै देशको सेवा गर्ने उच्चतम साधन भएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजाले जनचाहना अनुसार अघि बढ्नुनै शाहवंशीय राज परम्परा रहेको स्मरण गराउँदै देश जोगाउन अझ बलियो एकता माग गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नु पर्दछ । यसको औचित्य हिजो थियो,आज छ र भविष्यमा पनि रहनेछ । यसैमा पृथ्वी जयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’

पूर्वराजाले जनताको चाहना अनुसार नेपालको राजतन्त्रले संवैधानिक मर्यादाअनुसार व्यवहार गरेको र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमानदारी दर्शाएको समेत बताएका छन् ।

 

तपाईको प्रतिक्रिया