क्रान्ति सुब्बा

हङकङका कार्यकारी प्रमुख जोन ली निर्वाचित भैसकेपछी आफ्नो कार्यकालको रिपोर्ट दिन हालै प्रथम चोटि बेइजिङ भ्रमणमा गएका थिए । बेइजिङ भ्रमण पूरा गरी डिसेम्बर २४ तारीख ऊनी हङकङ फर्किएका थिए । बेइजिङबाट फर्केपछि विमानस्थलमा उनले मुल  भूमि चीनसँग क्वारेन्टाइनमुक्त सीमालाई अन्ततः  पुनः सञ्चालनमा ल्याउन सकिने घोषणा गरेका छ्न। चीन हङकङसंगको सिमानालाई पुर्णतः खुला गर्न सहमत भएपछि सन् २०२३ को मध्य जनवरीभित्र व्यवस्थित र बिस्तृत रुपमा सीमा खुलाउन प्रक्रिया शुरु हुने घोषणा उनले गरेका हुन।

क्वारेन्टाइन मुक्त खुला सिमाना संचालन सम्बन्धि प्रस्तावलाई केन्द्रिय सरकार समक्ष पेश गर्न पुर्व हङकङ सरकारले संबंधित निकाय जस्तै  राष्ट्रिय स्वास्थ्य आयोग, हङकङ तथा मकाउ मामिला कार्यालय, गुआंग्डोङ र शेन्जेन नगरपालिका सरकारसँग तुरुन्तै सम्पर्क गरि आवश्यक परामर्श गर्ने उनले जनाए  ।

संबंधित स्थानहरुमा व्याप्त महामारीको अवस्था र जोखिम व्यवस्थापनमा आएको परिवर्तनलाई ध्यानमा राखेर उचित उपाय सहितका योजनाहरू तर्जुमा गर्ने र सुरक्षा र सुव्यवस्थानका पक्षमा बिशेष ध्यान दिदै  सबैभन्दा अनुकूल सन्तुलन प्राप्त गर्ने प्रयास गर्ने लीले बताए।

काम तमाम गर्ने हेतुले सरकारले तुरुन्तै “सीमा पुन: खोल्ने समन्वय टोली” गठन गरेको छ, जसमा सिंगो  सरकारको तर्फबाट १५ ब्यूरोहरू समावेश छ्न ,जसको नेतृत्व  मुख्य सचिव एरिक चानले गरेका छ्न। चानले जतिसक्दो चाँडो योजना निर्धारण गर्न मूल भूमि चीनका एकाइहरूसँग संवाद र समन्वय गर्न पनि नेतृत्व लिनेछन्।

सीमा पुन: खोल्ने विषयलाई जनसमुदायले विशेष चासोका साथ हेरिरहेको कुरालाई आफुले बुझेको र  सरकारले पनि  बिस्तारै  व्यवस्थित पुर्वक पूर्ण रूपमा  पुन: बोर्डर  खोल्ने सामान्य सिद्धान्तलाई अंगिकार गर्नुपर्ने कुरालाई बुझ्नुपर्ने कुरा लीले औंल्याए । ध्यान दिनुपर्ने पहिलो महत्त्वपूर्ण विषय भनेको यात्रुहरूको संख्या हो जसको व्यवस्थापन गर्ने क्रममा अध्यागमन बिभागको नियन्त्रण प्रक्रिया र बन्दरगाहमा लाइन लाग्ने  प्रक्रियालाई बिना व्यवधान सञ्चालन गर्नु पर्दछ,उनले भने ।

बन्दरगाहहरूको परिचालनको सम्बन्धमा लीले अगाडि  भने – बन्दरगाहहरु धेरै वर्षदेखि निलम्बित अवस्थामा भएकोले यातायात क्षमता र अन्य किसिमको समन्वय “क्रमिक र व्यवस्थित” तरिकामा गरिनु पर्दछ।

भ्याक्सिन पास हालमा नहट्ने

हङकङ सरकारले जसै कोभिड नियमलाई नरम बनाउदै लगेको छ तसै दैनिक संक्रमित केस संख्याले पुनः २०,००० नाघेको छ । तथापि मास्क अर्डर अर्थात अनिवार्य मास्क लाउनुपर्ने नियम, स्कुल जान पुर्व विद्यार्थीले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने नियम र संक्रमित भवनमा गरिने अनिवार्य निरीक्षण जस्ता नियम अझै पनि कायम राखिएको छ ।

हुन त लिभहोमसेफ स्क्यान गर्नुपर्ने झन्झटबाट नागरिकले उन्मुक्ति पाएका छ्न तर भ्याक्सिन पासलाई भने अध्यापी कायम राखिएको छ। नियमन गरिएका स्थान तिर प्रवेश गर्न भ्याक्सिन पास अनिवार्य  देखाउनु पर्ने नियम भने अझै हट्ने छाँट देखिन्न । वृद्ध तथा बालबालिकाको खोप दर अझै अपर्याप्त हुनु र शिशु तथा र साना बच्चाहरूको खोप दर केवल २०% भन्दा केही बढी मात्र हुनु नै भ्याक्सिन पास हटाइनु उचित नहुने कारण रहेको कुरा एक स्वास्थ्य तथा महामारी रोकथाम अधिकारीले डिसेम्बर २४ तारिख एक रेडियो कार्यक्रममा बताएका थिए ।
उनले ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाकाको खोप दर पनि न्यून रहेकोले यो अवस्था ‘आदर्श नभएको’  बताए ।

डिसेम्बर २४ तारीख नै स्वास्थ्य मन्त्री लो चुङ माउले पनि भ्याक्सिन पास क्यान्सिल गर्ने यो उचित समय नभएको बताएका थिए । भ्याक्सिन विरोधीहरुले यो भ्याक्सिनको असर बालबालिका र वयोवृद्धमा नकारात्मक परेको भनेर होहल्ला मच्चाएकोमा उनीहरुको भत्सर्ना गरेका थिए ।

युनिभर्सिटी अफ हङकङका भाइरोलोजिस्ट जिन डोंग्यानले ‘मूल भूमि चीनसँग सीमा खुल्दा हङकङमा अवश्य थप संक्रमित कोभिड केसहरू आए पनि अर्को छुट्टै प्रकोप घट्ने सम्भावना कम रहेको बताएका छन् ।

डिसेम्बर २६ तारीख सोमबार एक रेडियो कार्यक्रममा जिनले सीमा खुलेपछि शुरुआतको अवधिमा हङकङ र चीनबीच यात्रा गर्ने यात्रुको संख्या कम हुने भएकोले  संक्रमित जनलाइ नियन्त्रण गर्न सहज हुने अपेक्षा गरेका थिए ।

चीनबाट आउने आगन्तुकहरू मुख्यतया औषधि किन्न र एमआरएनए खोप लगाउन आउन सक्ने अनुमान पनि उनले गरे।


डिसेम्बर  २६ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १९,३९८
.स्थानीय केस संख्या : १८,५३३
.पिसिआरबाट पुष्टि केस संख्या : ३,६०७ (१,८९२ वटा पुष्टि केस ,१,३७७ वटा लक्षणहिन केस र ३३८ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस: १४,९२६

.आयातित केस संख्या : ८६५ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ७१८ जना ( ११८ वटा पुष्टि केस,५०६ वटा लक्षणहिन केस र ९४ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १४७
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ४६९
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: २८०
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ११६

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या :१,१४७,४३२
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: १,३५६,७७८

.हङकङ स्वास्थ बिभागले भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले डिसेम्बर २० तारीख  सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २२६ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ७ वटा
.बिएफ.७ (BF.7): १३ वटा
.बिक्यु.१.१(BQ.1.1) : ३८ वटा

.स्थानीय स्तरमा भेरिएन्टको स्थिति
..एक्सबिबी(XBB) बाट संक्रमित संख्या : १५४
.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित संख्या : १८ वटा .बिए.७५.२ बाट संक्रमित संख्या : १
.बिएफ.७ : १२
.बिक्यु.१.१ बाट संक्रमित  संख्या : १८५ वटा 

. १७ डिसेम्बर देखि २३ तारीख डिसेम्बर  बीचमा आएका लोकल केसमा ० प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ५२.४४ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४७
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि २६ डिसेम्बर २०२२ सम्ममा ) : ११,२९६ जना । जसमध्ये ११,१८८ जनाको मृत्यु अस्पतालमा भएको अस्पताल प्राधिकरणले रिपोर्ट गरेको थियो भने १०४ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ४ जनाको मृत्यु प्राइभेट अस्पतालमा भएको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :११,५०९

तपाईको प्रतिक्रिया