आनन्द श्रेष्ठ
दिव्य रोशनी (धरान)

देवेन्द्र वजगाइसंग वार्तालाप


चुनौतिको चाङमाथी उभिएको गृह मन्त्रालय सम्हाल्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहयोग गर्ने प्रमुख सल्लाहकारमा योग्य व्यक्तिको खोजी शुरु भएको छ ।
प्रहरी प्रशासन भित्र देखिएको वेतिथी , लागु पदार्थ , चोरी तस्करी नियन्त्रण, गृह प्रशासनको भद्रगोलमा व्यापक सुधार गर्ने वाचाका साथ गृह मन्त्रालय सम्हाल्न पुगेका लामिछानेलाई एक कुशल सुरक्षा विज्ञको आवश्यकता खटकिएको बुझ्न सकिन्छ।


हाल सम्मका गृह मन्त्रीहरुले पार्टीले खोजी दिएकै सल्लाहकारहरुले काम चलाइ रहेको सन्दर्भमा रास्वपाले भने आफनै पार्टीका ईमान्दार नेता तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका अनुभवी सुरक्षा विज्ञ देवेन्द्र वजगाईलाई प्रमुख सल्लाहकार बनाउनु पर्ने पार्टी  भित्रैबाट माग आउन थालेको बताईन्छ । वजगाइ विगत लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको सुरक्षा क्षेत्रमा काम गर्दै आएका छन । उनले नीजी तवरबाट सुरक्षा सम्वन्धी विभिन्न किसीमका तालिम लिएका छन भने आधुनिक हातहतियार सम्वन्धी पनि वजगाइलाइ राम्रो  ज्ञान भएको बुझिएको छ ।


स्मरण रहोस् उनको सुरक्षा सम्बन्धि विज्ञताबाट प्रभावित भएर गत वर्ष युरोपियन युनियनका रक्षा विशेषज्ञहरु समेत नेपाल आएर उनलाई भेटेका थिए । मलेशिया,कतार दुवइ,भारत श्रीलंका, पाकिस्तान, सुडान,फिलिपिन्स, घाना, युगाण्डा लगायत अफ्रिकन मुलुकका सरकारी तथा अर्ध सरकारी विशेषज्ञहरुसंग राम्रो सम्वन्ध भएको वजगाई हाल मलेशिया,कतारका सरकारी उच्च पदाधिकारीहरुको सुरक्षा परामर्शदाताकोरुपमा पनि विश्वासीलो पात्र बन्दै गएका छन ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाबाट संघको लागी काठमाण्डौ २ बाट लोकसभा सदस्यमा समानुपातिकको उमेदवार पनि बनाइएको थियो । वजगाइ निर्वाचनमा उनलाई पार्टीले निर्वाचन परीचालन कमिटिको सह-संयोजकको जिम्मेवारी दिएका थिए । छोटो समयमै उनले निर्वाचन क्षेत्रहरुको दौडाहा गरेर कार्यकर्ताहरुलाई सुरक्षा सम्वन्धी तालिम दिएर प्रशिक्षित गरेका थिए ।

पार्टी अध्यक्ष रवि लामिछानेको चितवन,झापा,काठमाण्डौका आमसभाहरुमा कार्यकर्ता र शुभचिन्तकहरुको अत्यधिक भिडलाई व्यवस्थापन गर्नुका साथै उनको निजि सुरक्षाको लागी सबै किसिमका आन्तरिक तथा वाह्य सुरक्षाका रणनीतिकार वजगाई थिए । उनी चुनाव अवधि भरी रविको अघिपछि छाँयाको रुपमा हिडेर सुरक्षा कवच बनेको रास्वपाका कार्यकर्ताहरु बताउछन ।

तपाईको प्रतिक्रिया