बिराटनगर । मोरङको सुनवर्षी नगरपालिका वडा न -४ धोकरियामा ६ औं राष्ट्रिय भक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक संस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्द्रिय सदस्य जयप्रकाश राजबंशीले बताएका छन्।

कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई राजबंशी समाज बिकास समिति मोरंगका जिल्ला सदस्य कोमल सिंह राजबंशीले स्वागत मन्तब्यका साथ स्वागत गरेका थिए।

दिलिप राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद केन्दिय उपाध्यक्ष तथा प्रदेश इकाई ईन्चार्ज लहरु माया जिमी याक्खा विशिष्ट अतिथिमा सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी तथा उपमेयर मिरादेवी दास, सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल,स्वास्थ्य साखा प्रमुख किशोर मण्डल , १,२,५,९ का वडा अध्यक्षहरु क्रमस बिरेन राई ,बिनोद राजबंशी ,युगेश्वर प्रसाद ठाकुर ध्रूप सिंह लगायत समाजका बुद्धिजीवी ,राजनीति दलका प्रतिनिधि ,प्रहरी ,पत्रकार तथा स्थानीयको उल्लेखनीय उपस्थिति कार्यक्रममा रहेको आयोजकले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि याक्खाले समग्र राजवंशी समुदायको उत्थानकोलागि काम गर्ने बेला आएको बताईन । स्थानीय सरकार ,प्रदेश सरकार र संघिय सरकारमा राजवंशी र समुदायको प्रभावकारी उपस्थिति जनाउनको लागि आगामी निर्वाचनहरुमा राजवंशीहरुको मत एक हुनुपर्नेमा उनले जोड दिईन।

सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीले राजबंशी समुदायको चौतर्फी बिकासको लागि आफुले सकेको योगदान गर्ने बताए । यो ऐतिहासिक भक्का दिवसको कार्यक्रम सुनवर्षी नगरपालिकामा पहिलो चोटी यति भब्यताको साथ आयोजना गरेकोमा मेयर राजबंशीले आयोजकलाई धन्यवाद समेत दिए ।

भक्का दिवसको कार्यक्रममा राजवंशी समुदायका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतिका कारण उपस्थित दर्शकहरुको मन जितेका थिए । राजबंशी समुदायका चर्चित कलाकारहरु गायक राम राजबंशी ,रोमियो राजबंशी,खुस्बु राजबंशी,हास्यकलाकार पथारु राजबंशी,कबि प्रेम राजबंशी,हमार गान हमर वादन नृत्य टोलि झापा ,राजबंशी युवा क्लब लगायतका कलाकारहरुले आफ्नो दमदार प्रस्तुतिका कारण दर्शकहरुक्क मन जितेका थिए ।

भक्का दिवसको अवसरमा राजबंशी समुदायको मौलिक खान्कीको रुपमा प्रसिद्ध भक्काको निशुल्क स्टल पनि राखिएको थियो। उक्त स्टलमा २२ जना महिलाहरुले कार्यक्रममा उपस्थित जनको लागि भक्का बनाएका थिए। भक्का स्टलबाट करिब ५ हजार भक्का उपस्थित व्यक्तिहरुलाई निशुल्क वितरण गरिएको आयोजक संस्थाका सदस्यहरुले बताए।

तपाईको प्रतिक्रिया