धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ । धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा लायन्स क्लब अफ धरान पाँचकन्याले पुर्व युवराज्ञी हिमानी शाह प्रमुख आतिथ्यमा उक्त अभियानको शुरुवात गरेकोछ।

प्रमुख अतिथि पुर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान पाँचकन्या र पुर्वाञ्चल बहिरा विद्यालयबीच सम्झौता पत्र हस्तान्तरण पनि भएको थियो । पुर्वयुवराज्ञी एवं हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी शाहले ज्ञान चक्षु विद्यालय परिसरमा २ वटा रुद्राक्षको विरुवासमेत रोपेकी थिइन् ।

कार्यक्रममा पुर्वाञ्चल बहिरा विद्यालय धरान १६ का विद्यार्थीहरुलाई हेयरिङ एड मेशिन वितरण गरिएको थियो भने ७ र ८ कक्षाका सम्पुर्ण विद्यार्थीहरुलाई बर्षभरिको स्कुल युनिफर्म, खेलकुद ड्रेस, शैक्षिक सागम्री, खेलकुद सामग्री पनि वितरण गरिएको थियो । कक्षा ११ र १२ मा पढ्ने, कलेज पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि छात्रवृत्ति वितरण गरिएको थियो भने पाँचकन्या मावि धरान १७ र सुकुम्बासी वस्तीका विद्यार्थीहरुलाई कापी तथा शैक्षिक सामग्री पनि वितरण भएको थियो ।

यसैगरि, विभिन्न विद्यालयहरुलाई पानी आफै प्रशोधन हुने बोटल हिमानी ट्रष्टबाट वितरण भएको थियो । उक्त बोटल टंक मावि भरिगाउँ धनकुटा, जनहित आधारभुत विद्यालय सुनसरी मधेशा, शिशु विकासिनी आधारभुत विद्यालय मधेशा र पुर्वाञ्चल बहिरा विद्यालय, पुर्वाञ्चल ज्ञानचक्षु विद्यालय र सुकुम्बासी वस्तीका सरकारी विद्यालयका विद्यार्थीहरुलाई पनि पुर्वयुवराज्ञी शाहले बोटल वितरण गरेकी थिइन् । यस्तै, विपन्न एकल र अपांग व्यक्तिहरुलाई ब्ल्यांकेट पनि वितरण गरेकी थिइन् ।

लायन्स क्लब अफ धरान पाँचकन्याकी अध्यक्ष एकता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षाको लागि एक रुपैया अभियानलाई मोफस रेष्टुरेष्ट हङकङले सहयोग गरेको बताइन् । कार्यक्रममा लायन्सका डिस्ट्रिक गर्भनर लायन धिरज गुरुङ, पिएमजेएफ मल्टिपल जिएटि चेयरपर्सन लायन इन्द्र खत्री (राजन), पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका प्रअ प्रमोद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा लायन्स क्लब अफ धरान पाँचकन्याकि अध्यक्ष एकता श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै शिक्षाको लागि १ रुपैयाँ अभियानलाई मोफस रेष्टुरेन्ट हङकङले सहयोग गरेको बताईन । त्यसैगरि सोही कार्यक्रममा लायन्सका डिसट्रिक गभर्नर लायन धिरज गुरुङ, पिएमजे एफ मल्टिपल जिएटि चयरपर्सन लायन ईन्द्र खत्री (राजन) र श्री पुर्वाञ्चल ज्ञान विद्यालयको व्यवस्थापन समितीका अध्यक्ष प्रधानाध्यापक प्रमोद भण्डारीले शुभकामना मन्तब्य दिएकाछन ।

सोही कार्यक्रममा प्रेणाको श्रोत र आफुहरुलाई हौसला प्रदानको रुपमा हिमानी ट्रष्टले बिशेष शिक्षा स्वास्थ्य वातावरण , मानव कल्याण रभौतिक निर्माणको क्षेत्रमा पुर्याउदै आएको हुँदा ट्र्ष्टको अध्यक्ष समेत रहनु भएको पुर्व युवराज्ञी हिमानी शाहलाई उक्त कार्यक्रम कोर्डिनेटर सम्राट श्रेष्ठ ,लायन्स क्लब अफ धरान पाँच कन्या कमिटि परिवारको तर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको थियो। त्यसैगरि वडा न० १६ स्थित बहिरा संघ र ज्ञानचक्षु विधालयले समेत अभिनन्दन पत्र प्रदान गरे ।

तपाईको प्रतिक्रिया