दमक , झापा । लिम्बु मौलिक चलचित्र “रीत” को विशेष प्रदर्शनी दमक बजारमा हुने भएको छ । लिम्बु जातीको संस्कार संस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा बिषेश प्रर्दशन हुने तयारी रहेको कुरा चलचित्रका निर्माता बिष्णुकुमार ईङनामले जानकारी दिएका छ्न ।


दिनेश लिङदेन द्धारा निर्देशित उक्त लिम्बु कथानक चलचित्रमा मुख्य कलाकारको रुममा तान्छोहाङ ईङनाम, लक्ष्मी योङहाङ, बिमला खजुम, यासेली योङहाङ, दिनेश माङमु, सागर केरुङ रहेका छन् ।

चलचित्रको मुख्य निर्मातामा ईङनाम लगायत होम कुमार लावती र आशा नेम्बाङ रहेका छन् भने सह निर्मातामा बसन्त थेवे, विक्रम पयाङगु र कविता राई लिङदेन रहेका छन् । उक्त चलचित्र नेपालको बिभिन्न जिल्ला साथै हङकङ, युके लगायतका देशमा समेत प्रदर्शन हुने निर्माता ईङनामले जानकारी दिए।।

ट्रेलर हेर्नुहोस !

तपाईको प्रतिक्रिया