हङकङमा आइतबार एकैदिन १ सय १५ नयाँ संक्रमित भेटिएका छन्।

आज भेटिएका संक्रमितको संख्या तीन महिनायताकै उच्च भएको बताइएको छ।

यसअघि अगष्टमा यहाँ १२५ संक्रमति एकैपटक देखिएका थिए।

आइतबार धेरै मात्रामा कोरोना संक्रमित भेटिनासाथ हङकङ सरकारले आगामी जनवरीसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यही बुधबारदेखि क्रिसमसको विदाभर शैक्षिक संस्थाहरु बन्द हुनेछन्। डिसेम्बर २५ मा क्रिस्मस डे हो, क्रिस्मस विदा जनवरी ५ सम्मको हुन्छ।

हाल देखिएका नयाँ संक्रमितमध्ये ६२ जना डान्सबारको घटनासँग जोडिएको बताइएको छ।

डान्सबार र डिस्कोबाट धेरै कोरोना संक्रमित देखिएपछि हङकङमा हाल त्यस्ता मनोरन्जनात्मक स्थलहरु संचालन गर्नबाट बन्चित गरिएको छ।

यस्तै आज २४ जना कोरोना संक्रमितमा कसरी कोरोना सर्यो भनेर पत्ता लाग्न सकेको छैनभने ६ जना संक्रमित आयातित भएको जनाइएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्सनका डाक्टर चुवाङ सुक–क्वानले हङकङमा अहिले कोरोना संक्रमित तीव्र गतिमा बढ्दै गएकाले कोरोनाविरुद्धको नियमलाई कडा रुपमा अबलम्ब गरिनुपर्ने बताएका छन्।

यससँगै हङकङमा आइतबारसम्म ६२ सय ३८ मा कोरोना पुष्टि भइसकेको छ। कोरोनाका कारण हालसम्म १०९ को मृत्यु भएको छ भने ५२ सयभन्दा बढी कोरोनामुक्त भएका छन्।

तपाईको प्रतिक्रिया