क्रान्ति सुब्बा, हङकङ ।

हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसनले जनवरी २२ तारीख चुन मुन बट्टरफ्लाइ समुद्र किनारमा बिहान करिब १० बजे पर्यावरणीय जागरूकता सम्बन्धि एउटा  कार्यक्रमको आयोजना गरेको छ । हङकङमा रहेका नेपाली बालबालिका तथा युवा जमातलाई बाताबरणबारे सचेत तुल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाकि अध्यक्ष शिला घमालले बताइन् । उनका अनुसार हङकङमा रहेका नेपाली बालबालिका र युवा पुस्ताको शिक्षा र विकासको निम्ति एउटा छुट्टै प्लेटफर्म निर्माण गर्न अति आवश्यक छ र त्यही अभियानमा हङकङ नेपाली अल्पसङ्ख्यक संगठन अर्थात हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन दत्तचित्तका साथ लागेको  घमाल भन्छिन।

सरसफाइ कार्य पुर्वको तस्विर

स्मरण रहोस् सन २००२ सालमा स्थापित हङकङ नेप्लिज माइनोरिटी अर्गनाइजेसन (HKNMO) भन्ने यस संस्थाले हङकङमा अल्पसंख्यकको हैसियतमा रहेका नेपालीहरूको उत्थान र समुन्नति प्रति केन्द्रित हुने लक्ष्य लिएको छ। 

संस्थाका केहि प्रमुख रणनीतिक पहलहरू मध्ये एउटा बालबालिका तथा युवा पुस्ताको शिक्षा र व्यक्तित्व विकास प्रति केन्द्रित एउटा प्लेटफर्मको निर्माण गर्न पनि रहेको छ जसको निम्ति संगठनले विभिन्न परियोजना र कार्यक्रमलाई क्रमश कार्यान्वयन गर्दै जाने बताइएको छ।

बट्टरफ्लाइ समुद्र किनार सरसफाइमा सहभागीहरु

यसै सन्दर्भमा हालैको पर्यावरणीय जागरूकता सम्बन्धि कार्यक्रम पनि सम्पन्न भएको हो । यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका नेपाली बालबालिका तथा युवाहरूलाई वातावरणको महत्वबारे सचेत गराउनु रहेकोे छ। जस्तै कार्यक्रममा स्वच्छ वातावरणको महत्त्व, जलवायु परिवर्तनको कारण र प्रभाव, ग्लोबल वार्मिंग सम्बन्धि जानकारी दिइएको थियो । एउटा व्यक्तिको नाताले विद्यमान जलवायु परिवर्तनमा आएको ह्रासलाई न्यूनीकरण गरि पृथ्वी मातालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा सचेत तुल्याउने विभिन्न कार्यक्रम गर्दै जानुपर्छ भन्छिन अध्यक्ष शिला घमाल।

हङकङको चुन मुन स्थित बटरफ्लाई बीचमा आयोजित उक्त वातावरणीय जागरूक कार्यक्रममा कुल ३० जना व्यक्तिले सहभागीता जनाएका  थिए । सहभागीहरूले सुरुमा समुद्र किनारमा संग्रह भएका फोहोरमैला सफा गरेका थिए । सबै सहभागीहरूले संस्थाको टी-शर्ट पहिरिएका थिए । सबैलाई समुद्र किनार सफाईका नियमहरू, स्वास्थ्य सुरक्षा सम्बन्धि अपनाउनु पर्ने गाइडलाइनहरू र प्राथमिक उपचारका  नियमबारे जानकारी दिइएको थियो ।

फोहोरमैला संग्रह गर्दै युवाहरु

यस अभियानमा सहभागी बालबालिका तथा युवाहरु प्राइमरी ६ देखि फर्म ६ मा पढ्दै गर्ने विद्यार्थीहरु थिए । उनीहरुको साथमा अभिभावकहरु पनि थिए ।

कार्यक्रमको दोस्रो चरणमा संगठनकि अध्यक्ष शिला घमालले वातावरणीय सचेतना संबंधी वक्तव्य दिएकी  थिइन् । सबै बालबालिका तथा युवा पुस्तामा बाताबरण तथा जलवायु परिवर्तनबारे सचेतना हुन ज्यादै आवश्यक भएको कुरामा उनले जोड दिइन् । उनले सबैलाई सहभागीहरुलाई  सहभागिता जनाएको प्रमाणपत्र र जलवायु परिवर्तनसम्बन्धी पुस्तक पनि हस्तान्तरण गरेकी थिइन ।

१४ वर्षका नेपाली विद्यार्थी नेल सोनार वातावरण तथा जलवायू परिवर्तनबारे बोल्दै
अभियानमा संलग्न भएको प्रमाणपत्र लिएको तस्बिर

तपाईको प्रतिक्रिया