विराटनगर ।
विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ । सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारोबार गर्नुहोस । मंगलबार साझँ सञ्चारकर्मीहरु सगँ कुरा गर्दै उहाँले आर्थिक तरलताको कारण बचत कर्ताको एकमुस्ट बचत रकम फिर्ता गर्न समस्या भएको तर बजारमा आएको हल्लामा कुनै सत्यता नरहेको समेत उहाँले बताउनुभयो ।

विराटनगर–२ स्थित विराट नर्सिङ होम नजिक र तुलसी सहकारीहरुको कार्यालयमा बचत कर्ताले बचत रकम झिक्न लाइन लाग्न थालेपछि सहकारीले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो । तुलसी सहकारीले तुलसी चामल , कुरुम कुरुम चिउरा, भुजिया , दालमोट , मुसुरी दाल ,तुलसी डिपार्टमेन्ट स्टोर लेटाड , दमक र गाइधाटमा सञ्चालनमा भएकाले लगायत सञ्चालनमा रहेको छ ।

उत्पादन मुलक क्षेत्रमा लगानी गरेका छौ । । बचतकर्ताको रकमलाई सुरक्षित ढंगबाट प्रयोग गरिएको कारण बजारमा आर्थिक मन्दि भएपनी तत्काल बचत कर्ताको रकम फिर्ता गर्न सक्षम सहकारी भएको तुलसी सहकारी सस्थाका अध्यक्ष ले बताउनुभयो । हामीले बचतकर्ताको विश्वास र भरोसालाई ध्यानमा राखेर लगानी गरेका छौ । तपाईहरुको बचतलाई सुरक्षित ढंगबाट फिर्ता गर्दै जानेछौ ।

तपाईको प्रतिक्रिया