हङकङ । नेपालभाषाको सबैभन्दा ठूलो र विशेष मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ ।

कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्मका बिधालाइ समेट्दै जम्मा ३२ किसिमका अवार्ड वितरण गरेको थियो ।

कृष्णभक्त महर्जन

यसपालि देखि भने प्रवासी कलाकार विधालाई पनि समाबेस गरिएको छ । जस अन्तर्गत हङकङबाट अवार्ड जित्ने तीन जना कलाकार परेका छ्न। स्थापित तवला वादक, संगीतकार तथा गायक कृष्ण भक्त महर्जनले वेस्ट म्युजिक डाइरेक्टर अवार्ड प्राप्त गरेका छ्न। गुलिजक बाँला भन्ने म्युजिक भिडियोको लागि महर्जन पुरस्कृत भएका हुन। स्मरण रहोस् गुलिजक बाँला भन्ने म्युजिक भिडियोमा महर्जनको स्वर, संगीत र रचना रहेको छ।

महेश शिल्पकार

हङकङबाट समावेश भएका अर्का कलाकार हुन गायक महेश शिल्पकार जसले वेस्ट गायकको अवार्ड हासिल गरेका छ्न। कृष्णभक्त महर्जनको रचना र संगीत रहेकोे छंगु नुग जित ब्यु भन्ने म्युजिक भिडियोमा स्वर दिए बापत शिल्पकार पुरस्कृत भएका हुन।

हङकङबाट सहभागिता जनाउने अर्का कलाकार हुन गायक राजेन्द्र डंगोल । वा मनु सु मनुगीतमा स्वर दिएकोमा उनी पुरस्कृत भएका हुन।

राजेन्द्र डंगोल

तपाईको प्रतिक्रिया