काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई नियुक्त गरेर अरु तीन न्यायाधीश यथावत विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी यथावत राखेका छन् ।

न्यायाधीश हरिकृष्ण कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेकाले नैतिक हिसाबले इजलासमा बस्न नमिल्ने जिकिर शम्भु थापासहितका वकिलले गरेपछि कार्कीले आफू नबस्ने घोषणा गरेका थिए ।

प्रधानन्यायाधीश राणाले न्यायपरिषदले सिफारिस गरेका १४ न्यायाधीश मध्येबाट ४ जना छनौट गरेका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ ।

रिट निवेदकहरुले यो मुद्दा संवैधानिक इजलासमा नभई सर्बोच्च अदालतको वृहत पूर्ण इजलासमा सुनुवाई हुनुपर्ने माग गरेका छन् । तर संविधानले गम्भीर संवैधानिक ब्याख्या गर्नका लागि संवैधानिक इजलासको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया