काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपाल भारत संयुक्त आयोगको वैठकमा भाग लिन मन्त्री ज्ञवाली परराष्ट्र सविच भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा आज दिल्ली प्रस्थान गरेका हुन् ।

दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ।

मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन् ।

तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ।

तपाईको प्रतिक्रिया