चन्द्र मादेन आन्छन


  काठमाडौं । फाल्गुण २० गते शनिवार अखिल नेपाल लेखक संघको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ । प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले “देश भक्ति, माया प्रेम, राजनैतिक, राजा महाराज आदिको बारेमा धेरै कलम चलायौं, अब हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण,खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्थ समवेदनशील भएर साहित्यिक यात्रामा लाग्नुका साथै गरिब निमुखा प्लास्टिक र फोहरका पुन्तेरा बटुल्नेहरूको बारेमा पनि सबैले कलम चलाउनुपर्छ” भनेर सम्पूर्ण स्रष्टालाई आव्हान गर्नुभयो ।


दिग्गज कविहरु – कृष्ण वाउसे, असिम सागर, युग सर्वनाम,चन्द्र मादेन आन्छन, दीपा राई पुन, राधा कार्की, मणिराज सिंह, शकुन्तला जोशी, सोनाम सज्जन किराती र सुधा मिश्र सबैले वातावरण र पर्यावरण सम्बन्धि कविता र मुक्तक सुनाउनु भएको थियो । प्रमुख वक्ताको विचार र कविताहरु माथि भर्खरै बजारमा थाङ्ग्रा उपन्यास लिएर आउनु भएकी लेखिका एवं साहित्यकार प्रगति राईले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

आखिल नेपाल लेखक संघको अध्यक्ष एवं प्रज्ञा प्रतिष्ठानका नव नियुक्त सदस्य सचिव डाक्टर धन प्रसाद सुवेदी “श्रमिक” को सभापतित्वमा सुसम्पन्न भएको कार्यक्रमको संचालन सो संघका उपाध्यक्ष/संयोजक स्वप्निल स्मृतिले गर्नुभएको थियो ।
                 

तपाईको प्रतिक्रिया