अल्टिमेटमबारे मेयर साम्पाङको भनाइ माथि भिडियोमा हेर्नुस्


धरान। धरानमा पानीको समस्यालाई नीतिगतरुपमा सुधार गर्न र चारकोसे जंगलको फोहोर फाल्ने स्थानमा आगो लगाई वातावरण प्रदुषण गर्ने कार्य तुरुन्त बन्द गर्न धरानका नगर प्रमुखलाई वातावरणवादीहरुले १५ दिने अल्टीमेटम दिएका छन ।  


धरानको पानी र पर्यटन क्षेत्रमा काम गर्दै आएको वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) का पदाधिकारीहरुको टोलीले चैत ८ गते बुधबार धरान उपमहानगर पालिकाका नगर प्रमुख हर्कराज राई समक्ष ५ बुँदे ज्ञापनपत्र बुझाएका छन । सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा गएका वातावरण टोलीले बुझाएको ५ बुँदे ज्ञापनपत्रमा चारकोसे जंगलमा फोहोर फाल्ने र आगो लगाएर प्रदुषण फैलाउने कार्य तुरुन्त बन्द गर्नु पर्ने माग राखिएका छन । यो समस्याको जवाफमा मेयर राईले नयाँ डम्पीड साइडको लागी जमिनको खोजी भईरहेको र त्यहाँ आगो लगाउने कार्य फोहोर टिप्नेहरुबाट भएकोले उनीहरुलाई त्यहाँ छिर्न नदिन गेट बनाउन लागिएको बताए ।

यसैगरी दोस्रो बुँदामा धरानका जलाधार क्षेत्रहरुको संरक्षणका लागी एक अधिकार सम्पन्न एकिकृत जलाधार संरक्षण समितिको गठन गरी सिमांकन गर्नु पर्ने,जलाधार क्षेत्रको दिगो संरक्षणको लागी वातावरण सेवा भुक्तान  प्रणाली (पेश ) लागु गर्नु पर्ने उल्लेख छ । धरान खानेपानी व्यवस्थापन वोर्डको संचालक समितिमा राजनीतिक भागवण्डाको आधारमा नियुक्ति  हुने प्रथा बन्द गर्नु पर्ने ,बोर्डको महाप्रबन्धक र कर्मचारीहरुको नियुक्ति लोकसेवा आयोगबाट वा बोर्डको कार्यविधि अनुसार हुनु पर्ने माग राखिएको छ । यी माग विगतका नगर प्रमुखहरु समक्ष राख्दै आए पनि वेवास्ता हुदै आएकाले वर्तमान मेयरले पनि १५ दिन भित्र चरणवद्ध रुपले पुरा गर्न नसके भद्र आन्दोलन गर्ने भनेर  ज्ञापनपत्रमा अल्टीमेटम दिएको छ ।

जलाधार क्षेत्र संरक्षण सम्बन्धि पुस्तक मेयर हर्क साम्पाङलाइ हस्तान्तरण गर्दै अभियन्ता आनन्द श्रेष्ठ


आफुहरुले धरानको वातारण र पर्यटन विकासको लागी २० वर्ष अघिदेखि काम गर्दै आएको र यहाँको पानीको समस्या समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गर्न धेरेै अध्ययन अनुसन्धान गरी पुस्तक समेत प्रकाशित गरेको भन्दै सेडका अध्यक्ष श्रेष्ठले आईयुसीएनको आर्थिक सहयोगमा प्रकाशित एकिकृत जलाधार संरक्षण नामक पुस्तक मेयरलाई हस्तान्तरण गरेका थिए । ५ जना विशेषज्ञहरुद्वारा एक वर्ष लगाएर तयार पारीएको सो पुस्तकको आधारमा जलाधार संरक्षणका कामहरु अघि  बढाउन अनुरोध पनि श्रेष्ठले गरे । वातावरण अभियन्ता श्रेष्ठले हाल नगर प्रमुखले गर्न थालेका पानीका सुधारका कामहरु सराहनीय भए पनि नीतिगतरुपमा अझै धेरै सुधार गर्नु पर्ने औल्याएका थिए । उनले धरानको वातावरण क्षेत्रमा सहयोग गर्न ईसीमोड,डव्लुडव्लु एफ, आइयुसीएन जस्ता अन्तर्राष्ट्रिय दातृ संस्थाहरु तयार रहेको पनि जानकारी दिए ।  आवश्यक परे ती संस्थाहरुलाई पुनः धरानमा सहयोग गराउन आफनो संस्थाले समन्वयकारी भुमिका निभाउन सक्ने पनि  बताएका थिए । 

मेयर साम्पाङ वातावरण संरक्षण सम्बन्धि जिज्ञासाको उत्तर दिदै



सो टोलीलाइ  प्रतिउत्तर दिने क्रममा नगर प्रमुख हर्क साम्पाङ राईले आफु आएको तिन दिन भित्रै जलाधार क्षेत्रको सुरक्षा र सफाईको लागी आँपगाछीमा चौकिदार राख्न थालिएको,लाखौं विरुवाहरु रोपिएको ,नयाँ नयाँ स्थानबाट पानी संकलन गर्न थालिएको बताएका थिए । उनले जलाधार क्षेत्रको संरक्षण र सुरक्षाको लागी आफु गम्भीर भएकोले सर्दुबाट जाने सुरुङ मार्ग पनि  भरसक बनाउन नदिने पक्षमा रहेको बताएका थिए ।
बुधबार विश्व वातावरण दिवस परेकोले धरान उपमहानगर पालिकाले पहिलो पटक बिहान रयाली जुलुुस निकालेका थियो । नगर प्रमुख राईको अगुवाईमा निस्किएको सो रयालीले छाताचोक । पुरानो बजार हुदै भानुचोकबाट बजार परीक्रमा गरी नगर पालिकामा आईपुगेपछि सो रयाली आमसभामा परिणत भएको  थियो ।
सो दिन नगर पालिकाले पानीसंग संबंधित  विषयमा क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि गराएको थियो ।

तपाईको प्रतिक्रिया