काठमाण्डौं
गायक शुभ तामाङ र गायिका सुनिमा लोको स्वरमा रहेको तामाङ सेलो गीत ’डम्फु र टुङना बजाउदै’ नेपालीहरुको नव वर्षमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ ।

अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र संस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामाको रहेको छ । गीतमा युवा युवती बीचमा सोनाम लोसारमा माया प्रेममा रहेका गुनासालाई गीत मार्फत समावेश गरिएको छ । कला र संस्कृतिलाई आपसमा खुशी साटासाट गर्दै मनाउनको लागी गीतमा आग्रह गरिएको छ । गीतलाई आस्था मिडिया मार्फत बजारमा ल्याइने भएको छ ।

तपाईको प्रतिक्रिया