‘अर्थ आवर-२०२३’ को अवसरमा वन तथा वातावरण साहित्यिक समूह र समता प्राकृतिक पदयात्रा समूह आयोजक रहेको ‘पर्यावरणीय पदयात्रा ‘ पन्ध्र जना साहित्यकार एबम पर्यावरणीय साहित्य लेखकहरुको सहभागितामा सुर्यविनायक देखि रानीकोट हुँदै लाकुरी भन्ज्याङ्ग अनि बिरुवासम्मको पदयात्रा २०७९ चैत्र ११ गरे सम्पन्न भएको छ ।
बिहान ठिक ९ बजे शुरु भएको पदयात्रा सुर्यविनायकको लालीगुरास, काफल, सल्ला, चिलाउने, कटुस, उत्तिस, पैयुँ लगायतका प्रजाति भएको घना जंगल पार गर्दै घ्याम्पे डांडाको पर्यटकीय स्थल हुँदै ४ घण्टाको उकालो यात्रा तय गरेर रानीकोटमा पुगेर एक आपसमा परिचय बढाउँदै अघि बढेको थियो ।

पदयात्रामा अभय श्रेष्ठ, हिमलाल श्रेष्ठ, श्रीबाबु कार्की, बिजय हितान, तोयानाथ सुबेदी, शिशिर चालिसे, स्तुति चालिसे, सुनिता अधिकारी, राजन नेवा, हिमालचन्द्र बराल, भीम प्रसाद न्यौपाने, सचिन घिमिरे , उद्वब थापा, राममणी ढुंगेल, रबिन रचलिका सहभागि थिए ।
परिचयको क्रममा आ-आफ्नो पेशागत संलग्नता, विशेषज्ञता, अनुभब अनि साहित्यिक रुची अभिरुचिको पक्षको उजागर गरिएको थियो । साथै सो समयमा विश्व भर मार्चको अन्तिम शनिबार (यस बर्ष मार्च २५, २०२३) मनाउँदै आइएको ‘अर्थ आवर’को बिषयमा, वन-वातावरण र पर्यावरणीय चेतको बारेमा, इको हाइकिंगको बारेमा, पर्यावरणीय लेखनको बारेमा बिस्तृत छलफल गरिएको थियो ।

बिहानको खाना रानीकोटको फेदीमा खाएर फेरी सल्लाको घना जंगल हुँदै लाँकुरी भन्ज्याङ्ग तर्फ अघि बढ्दै गर्दा बीच बाटोमा पर्ने सल्लाको जंगलमा पर्यावरणीय कविता तथा अन्य रचना वाचन गरिएको थियो । सो पदयात्रा जंगल, पर्या-पर्यटन, इको हाइकिंग, पर्यावरणीय साहित्य, ग्रामिण जनजीवन, प्राकृतिक सौन्दर्य रसास्वादन गर्दै अनि मानिसहरुको आचरणले बिगारेको वातावरण, बिकासको हुटहुटिले बढ्दै गरेको  प्राकृतिक दोहनको आँखा बिझाउने दृश्य हेर्दै बिरुवा पुगेर साँझ ५ बजे टुंगिएको थियो |  

तपाईको प्रतिक्रिया