काठमाण्डौं
फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेश ग्रुप प्राली संगको सहकार्यमा काठमाण्डौंको लाजिम्पाटमा आज देखी फिल्ली क्याफे नेपाल आउटलेटको शुरुवात भएको छ । फिल्ली क्याफे युएई , ओमान , कतार , संयुक्त राज्य अमेरिका , यूके , भारत र मौरिस लगायतका देखमा एक प्रसिद्ध ब्रान्डको रुपमा स्थापित भएको क्याफेको पहिलो आउटलेट नेपालमा सञ्चालन गरिएको फिल्ली क्याफे सञ्चालक धुब्र रिजालले जानकारी दिनुभयो ।

आगामी ५ वर्ष भित्र नेपालमा थप २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको सो उद्धघाटन कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा वोल्दै महानायक राजेश हमालले फिल्ली क्याफेले स्थानीय स्वाद र अन्तराष्ट्रिय परिकार पारखीको लागी नयाँ गन्तव्य बन्नेमा आफु आशावादी रहेको बताउनुभयो । काठमाण्डौंका क्याफेहरुले स्थानीय स्वाद र अन्तराष्ट्रिय परिकारहरुको अद्धितीय मिश्रण प्रदान गरेको अवस्थामा फिल्ली क्याफेले यसका पारखीका लागी थप छाप थप्नको लागी उत्साहित रहेको सो कार्यक्रममा प्रकाश पारिएको थियो । फिल्ली क्याफेमा चिया अर्गानिक रुपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमा साथ बनाइन्छ, जसले चिया पारखीहरुको लागी भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गरेको सञ्चालक नविन खड्काले जानकारी दिनुभयो ।

काठमाण्डौंमा स्टारबस वा कोस्टा कफी जस्ता कुनै पनि अन्तराष्ट्रिय चेनहरु नभएको कारणले पनि फिल्ली क्याफेलाई काठमाण्डौंको रोमाञ्चक गन्त्व्यको रुपमा स्थापित गराउने लक्ष्य फिल्ली क्याफेले लिएको छ । चिया , आइस्ड चाई , मिल्क शेक , मकटेल, बन कबाब , स्याण्डवीच, फूडल र हल्का खाजाहरुको सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरुको बढ्दो स्थापनाले बढ्दो पर्यटक र स्थानिय उपभोक्ता बीचमा विश्वव्यापी परिकारहरुको बीचमा एकता कायम गरेको अर्का क्याफे सञ्चालक रफिह फिल्लीले जानकारी दिनुभयो । चिया र कफी पारखीहरुको सिग्नेचर मिश्रण अनुभव लिन चाहने ग्राहकको लागी फिल्ली क्याफे नयाँ गन्तव्य बन्नेमा सञ्चालकहरु आशावादी रहेका छन ।

तपाईको प्रतिक्रिया