काठमाडौं । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) बामदेव गौतमले सुरुआत गरेको राष्ट्रिय एकता अभियानमा सहभागी हुने घोषणा गरेका छन् ।

मनाङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित उनी गत वर्ष नेकपा प्रवेश गरेका थिए र प्रदेश सभामा सत्तारुढ दलकै लहरमा बस्दै आएका थिए । आफू पार्टी विभाजनको पक्षमा नरहेको र यो विभाजनले कसैलाई फाइदा नगर्ने भन्दै बरु पार्टी एक बनाउने प्रयासमा लागेको उनले बताए ।

आफ्नो अभियानमा साथ दिन भन्दै बामदेवले शुक्रबार बिहान आफूलाई फोन गरेको र बामदेवको कुरा आफूलाई चित्त बुझेको भन्दै उनले पार्टी एकताको पक्षमा आफू रहेको समेत बताए । नेताहरुलाई स्वार्थ त्यागेर देश विकासतर्फ लाग्न दबाब दिन पनि आफू केन्द्रित हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया