काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीले संवैधानिक इजलासका न्यायाधीशहरुलाई भेटेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित र कपोलकल्पित समाचार सम्प्रेषण हुनु दुःखद् र खेद्जन्य विषय हो ।’

सर्बोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै यस्ता कार्यहरु पत्रकार आचारसंहिता र कानून प्रतिकुल हुने भन्दै कानुनी दायरमा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षणसमेत गराएको छ ।

 

तपाईको प्रतिक्रिया