आनन्द श्रेष्ठ, काठमाडौ । धरानका मेयर हर्क साम्पाङले बिजारोपरण गरेको श्रम संस्कृतिलाई धरानेहरुले काठमाडौसम्म पुर्याएका छन। जय जनता,जय धरान, जय श्रमदान जस्ता नाराका साथ आज बैशाख ३० गते शनिबार  काठमाण्डाैकाे पशुपतीनाथ परिसर स्थित कैलास डाँडमा काठमाण्डाै बस्ने धरानेहरूकाे एक समुहले सरसफाई तथा वृक्षाराेपण गरेकाे छ ।


संस्कृति ,पर्यटन तथा उड्डयन मन्त्री  सुदन किरातीकाे उपस्थितिमा भएकाे साे सरसफाई महाअभियानमा धरानेहरू लगायत विभिन्न सामाजिक संस्थाका मानिसहरूकाे पनि ठुलाे सहभागिता रहेकाे थियाे । यो सरसफाइ महाअभियान संचालन भएको ११औं हप्ता भएकाे बताउदै मन्त्री राईले आफ्नो कार्यकालमा पशुपति नाथभित्र र बाहिरका सबै  फाेहाेरहरू सफा गरेर छाडने प्रतिबद्धता जनाए ।

पशुपतिनाथकाे मन्दिर उत्तरमा पर्ने  कैलास डाँडामा आज  भएकाे सरसफाई तथा वगनवेली जातका फुलकाे विरूवाहरू ५ सय थान राेपिएकाे थियाे । मन्त्री ज्युले याे सरसफाई अभियान चलाउनु भएदेखि पशुपति क्षेत्र धेरै सफा देखिएकाे र अब यसलाई पशुपति विकास काेषले निरन्तरता दिने कुरा काेषका सदस्य सचिव डा मिलन थापाले बताए ।

सरसफाइको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया