अदिती श्रेष्ठ,काठमाडौ । आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा नाटक आधा-अपूरो मन्चन भैरहेकोछ । हिन्दी नाटककार मोहन राकेशद्वारा  लिखित ‘आधे-अधुरे’ को नेपाली रुपान्तरण हो नाटक ‘आधा-अपूरो’। नाटकले आधुनिक मध्यम वर्गीय परिवारको आन्तरिक कलह तथा समाजमा महिला र पुरुषले एक अर्कामा गर्ने अपेक्षालाइ चित्रण गरेको छ । काव्य आर्टले आरोहण गुरुकुलको सहकार्यमा गरेको यो नाटक कुन्ज नाटक घर ,थापागाउँ ,काठमाडौमा जेठ ५ देखि मन्चन भैरहेको छ  । परिवारमा हुने झैझगडा र एक अर्काको अपेक्षालाइ जोडेर प्रस्तुत गर्ने कोशिष गरिएको कथा हो ‘आधा अपुरो’ ।


कथामा एक महिला पात्र छिन। उसलाइ आफ्नो पति परनिर्भर र व्यक्तित्वहिन लाग्छ र ऊनी आफ्नो पतिमा नपाएको पुर्णता अन्य परपुरुषहरुमा खोजिरहेकि हुन्छे । उनको पति भने आफ्नी श्रीमती र सन्तानहरुबाट पाइरहेको अपमान ,अप्जश र निरन्तरको पारिवारिक कलहबाट निराश भएर आफुलाइ ती चिजहरुबाट पर लैजाने असफल कोशिश गरिरहन्छ।
कथाकि पात्र सावित्रा अन्य परपूरुषहरुमा आफ्नो पतिमा नभएको पुर्णता खोजि नै रहन्छे र केहि समयमा उसलाइ कोहि पनि आफुले खोजे जस्तो लाग्दैन। फलस्वरूप  निराश पनि भइरहन्छे । उसलाइ केहि समयको सङ्गत पछि सबै पुरुषहरु एक समान लाग्न थाल्छ , सबै आधा-अपुरा ।

फोटो क्रेडिट: तुफान थापा

यस नाटकमा सम्झना भट्टराइ, राम भजन कामत ,मौसम खड्का, सुबाश तिमल्सिना, शर्मिला नेपाल(निराकार), बिशाल देवकोटा, रोशन चन्द, संतोष पोखरेल लगायतका कलाकारहरुले अभिनय गरेका छन। घर परिवारका सदस्यहरुको विचार र धारणा नमिल्दा हुने कलह र मन्मुटावलाइ दर्साउने यो नाटक, कुञ्ज नाटक घर थापागाउँमा जेठ ५ देखी मंचन हुन थालेको हो र जेठ २२ गतेसम्म मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया