-वरिष्ठ मुक्तककार उषा शेरचन


न त छलेर छल्नै सकियो
न त ढाँटेर ढाँट्नै सकियो
आफ्नै मनको अदालतबाट
न त भागेर भाग्नै सकियो !

भित्रभित्रै ढलिरहेकी छु म
भित्रभित्रै गलिरहेकी छु म
देखिँदैन ऊष्णता कतै, तर
भित्रभित्रै जलिरहेकी छु म ।

बिराए पनि बाटाहरू फेरि भेट्टाउँछ
हराए पनि खुसीहरू फेरि पलाउँछ
नआत्तिनु अँध्यारोसँग यसरी, आज
अस्ताए पनि घाम भोलि फेरि उदाउँछ!

तपाईको प्रतिक्रिया