धरान , जेष्ठ २६ । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक  सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।

साहित्यकारहरु चन्द्र गुरुङ्ग, सुदिप पाख्रीन, पराजित पोमु , इन्दु नेपाल योञ्जन, विशाल नाल्बो लगायतका साहित्यकारहरुको उपस्थिति कार्यक्रममा रहेको थियो !

साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु  भन्ने कविता संग्रह गाउँबेसीमा फुलै फुल्यो नामक गीति संग्रह, अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँयाले, अनुराग  नामक सिडि बजारमा ल्याएका छ्न ।

तपाईको प्रतिक्रिया