पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताउनु भएको छ ।

शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाले यो बिषयको जानकारी गराउनु भएको हो । “ यसबारे भारतसँग महत्वपूर्ण छलफल भएको छ। भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ ” मन्त्री ज्ञवालीले भन्नुभयो।

दुई पक्षीय बैठकमा नेपाल–भारतबीच पारवहन सम्झौता पुनरवलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको पनि थप जानकारी गराउनुभयो । यसैगरि बैठकमा सीमाविवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमाविवाद समाधानका लागि बनेको संयन्त्र तथा राजनीतिक तहमा समेत गरी दुवै ढंगले छलफल गर्दै जाने सहमति भएको पनि जानकारी गराउनुभयो ।

सो बैठकमा नेपाली पक्षले १९५० को शान्ति र मैत्री सन्धिको पुनरवलोकन, नेपाल–भारत प्रबुद्ध समूहले पेस गरेको रिपोर्ट र नेपाललाई हवाई प्रवेशद्वार उपलब्ध गराउनेलगायत विषय उठान गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया