आनन्द श्रेष्ठ

धरानमा असार १५ र १६ गते दाेश्राे अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महाेत्सव- २०८० सम्पन्न भएको छ। धरान उपमहानगरपालिका वार्ड नम्बर १३ को अभिभावकत्वमा सम्पन्न यस कार्यक्रममा नेपालका ७ वटै प्रदेशका साहित्यकारको उपस्थिति रहेको थियो । भारतकाे आसाम,दार्जिलिङ,सिलिगुडी देखि सिक्किम सम्मको स्रष्टा समेत गरेर करिब ४ सय जना साहित्यिक जीवहरुको यो जमघट साहित्य कला संस्कृति प्रतिष्ठान, धरान-१३ को आयोजनामा सम्पन्न भएको हो।
यस कार्यक्रमका संयोजक वरिष्ठ कवि बम देवानका अनुसार पहिलोको तुलनामा दोस्रो पटकको महोत्सव बहुकोणबाट संतोषजनक भएको थियो।

धरान १३ का वार्ड अध्यक्ष नेत्र प्रसाद काफ्लेले यस पटक प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट ६ लाख निकासी भएको तर कुल खर्च लगभग १३ लाख नाघेको बताए । छिमेकी पालिका जस्तै इटहरी , इनरुवा, रामधुनिले पनि सहयोग गरेको उल्लेख गर्दै सहभागी प्रतिनिधिहरुको  आवतजावत र बस्ने खाने खर्च समेत प्रतिष्ठान व्यहोरेको जानकारी उनले दिए।
प्रत्येक तिन वर्षमा एक चोटि यस्तो साहित्यिक सम्मेलन गर्ने प्रतिष्ठानको लक्ष्य रहेको पनि काफ्लेले स्पष्ट पारे ।

कार्यक्रमबारे लिइएको भिडियो हेर्न माथि क्लिक गर्नुहोस् ।

प्रतिष्ठानका सल्लाहकार प्राध्यापक टंक न्यौपानेले प्रथम सम्मेलनको प्रभाव स्वरुप दोस्रो भेला भव्य भएको उल्लेख गर्दै पुर्वोत्तर भारतका नेपालीहरु भारतीय भए पनि उनीहरुको मुटु चै नेपाल तिरै छ भने । नेपाल आउँदा माइत आए जस्तो लाग्छ उनीहरुलाई । यो भेलाले पुर्वोत्तरवासी भारतीय नेपालीसंग नेपाली स्रष्टाको सम्बन्धलाइ गाढा बनाउनेछ प्राध्यापक न्यौपानेले भने।

तपाईको प्रतिक्रिया