१९ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा ।

सरकारले याउ म तेइ र जोर्डन एरियामा भैरहेको अनिवार्य कोरोना टेस्टिङ प्रक्रियालाई थप कडाइकासाथ अघि बढाउने रणनीति लिएकोछ । विगत १४ दिन देखि यताको अवधिमा यो एरियाको कुनै पनि भवनमा एक जना मात्र कोरोना पुष्टि भएमा सम्पूर्ण भवनवासीले अब उप्रान्त अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ।

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कार्यकारी समितिको बैठकमा जानू पुर्व आज बिहान ९:४५ बजे जोर्डन तथा याउ मा तेइका केही भवनहरुको वातावरण एकदम दरिद्र रहेको कुरा औंल्याएकि छिन। तीन चिज ( three- nil buildings ) जस्तै १. प्रोपर्टी म्यानेजमेन्ट नभएका, २.भवन मालिकको संचालक समिति नभएका र ३. बासिन्दा संचालन समिति नभएका भवनहरु चाहिँ कोर एरिया भित्र पर्दछ्न।

अत: सरकारले प्रभावित क्षेत्रको पनि विशेष अति प्रभावित एरिया किटान गरेर त्यो एरियामा भएका भवनका सम्पूर्ण निवासीलाई अनिवार्य कोरोना परिक्षणमा पठाइ भाइरस बोकेर हिडेका लक्षणहिन विरामीलाई पत्ता लाउने निति लिने निर्णय गरेको छ।

यदि कुनै पनि भवनको ढलमा निरन्तर तीन दिन सम्म कोभिड भाइरस भेटाइएमा उक्त भवन पनि अनिवार्य कोरोना परिक्षणमा जाने कुरा उनले बताइन।

क्यारी लामले अहिलेको सामाजिक दुरि संबंधी नियमको म्याद बढ्दो भाइरस संक्रमणका कारण थपिने कुरा पनि बताइन।

यो महामारी विश्व मै अकल्पनीय ढंगले बढेकोले यसको दोष कसैलाई नदिने आशय व्यक्त गर्दै सरकारलाई पनि कसैले दोष दिदैन होला भन्ने आशा व्यक्त गरिन। हङकङ सरकारले आफुले सक्ने सबै स्रोतसाधन खपत गरेर सक्ने जति काम गरेको भन्दै केही तेस्ता कुरा जो सरकारको बसमा छैन जस्तै सामाजिक ब्यवहार , कार्यस्थललाई सफा राख्ने कुरा आदि लाई नागरिक आफैले जिम्मेवारीपूर्वक पूरा गर्नु पर्छ भनिन् ।

आज हङकङमा ६० कोरोना संक्रमित बढ्ने संभावना रहेको छ।

तपाईको प्रतिक्रिया