काठमाण्डौं ।
हाम्रो कृति समूहको चौथो कृति गजलकार ईशाहक हुसैनको “लिस्नु” गजल सङ्ग्रह लीलाध्वज साहित्य प्रतिष्ठानको आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । टेकराज भट्टको सभापतित्व भएको कार्यक्रममा गजलकार ईशाहक हुसौन द्धारा रचना गरिएका गजलहरु सहभागी गजलकारहरुले बाचन गर्नुभएको थियो ।

वरिष्ठ गीतकार राजेन्द्र थापा, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा र मुकुन्द आचार्य सहभागी रहनु भएको थियो । समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले हामी र हाम्रो कृति समूहको उद्देश्य र भावि कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । विभिन्न संघ संस्थाका अध्यक्षज्यूहरू सहित साहित्यानुरागी मनहरूको बाक्लो उपस्थित रहेको आजको कार्यक्रमको संचालन मित्र भुवन सिवाकोटी चौघरेले बडो सुन्दर तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य गंगा आचार्य र शुभकामना मन्तव्य राजेन्द्र थापा, विजयध्वज थापा, मुकुन्द आचार्य, तिलक लुईँटेल, सुनिल अधिकारीले दिनुभएको थियो । ‘

चर्चित गजलकार गणेशबाबू अधिकारी द्वारा लोकार्पित कृतिको समिक्षा उत्कृष्ट तरिकाले गर्नुका साथै उपस्थित स्रष्टाहरु मध्यबाट, भुवन सिवाकोटी, वसन्त ओली वसन्ती, रूद्र आधिकारी, सरिता थापा मगर, मानन्धर अभागी,आँचल कुमार शर्मा, विद्या अनामिका तिवारी, महेश रिजाल, नम्रता उप्रेती, उत्तम भेटुवाल, उत्तम शर्मा र राजन पुडासैनीले लोकार्पित कृतिबाट गजल वाचन गरेर कार्यक्रमलाई उत्कृष्ट बनाउनु भएको थियो । प्रमुख अतिथि आदरणीय राजेन्द्र थापाले गजलकार हुसैन शेख ले नेपाली गजलको क्षेत्रमा इटाँ थप्ने काम गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया