काठमाण्डौं ।
गायक प्रविण बेडवालको नयाँ गीत “खाली हात आयौं हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको छ ।
गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जीवन का विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जीवनका सुख र दुखका भावना साटासाट गर्ने माध्यम रहेको कुरा यस गीतमा समेटिएको छ ।
”खाली हात आयौ हामी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।