५ नोभेम्वर २०१३ देहरादून- विजय हितानकृत उपन्यास लाहुरेको रेलिमाईको देहरादूनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनले आयोजना गरेको यस कार्यक्रम देहरादूनमा बसोबास गर्ने सबै जसो गोर्खा सैनिक र साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगत बहादुर राना, प्रमुख अतिथि सन् १९३८ मा स्थापित अति पुरानो संस्था गोर्खाली सुधार सभाका अध्यक्ष पदमसिंह थापा, समीक्षात्मक टिप्पणी भूपेन्द्र अधिकारीले गर्नु भएको थियो ।
देहरादूनमा साहित्यिक गतिविधी त्यति धेरै नभैरहेको अवस्थामा लाहुरेको रेलिमाई विमर्शले यहाँ रहेका नेपाली भाषा साहित्य प्रेमीहरुलाई साहित्यीक प्रेरणा दिनेछ भन्दै यस युद्ध उपन्यासले गोर्खा लाहुरेको संवेदनालाई अति सरल भाषामा ब्यक्त गरेको उल्लेख गर्दै उपन्यासले सम्पुर्ण नेपाली लाहुरे पृष्टभूमीलाई जीवन्त रुपमा समेटिएकोले यो कृति हरेक परिवारजनले रामायण जस्तै घरघरमा राखेर आफू र आफ्ना पुस्ताले अध्यन गर्दा राम्रो हुने अभिव्यक्त गर्नुपर्ने बिचार भुपेन्द्र अधिकारीले व्यक्त गर्नुभयो ।

त्यस्तै अर्को समीक्षक उदय ठाकुरले बहु प्रतिभाका धनि मास्टर मित्रसेनको जीवनीमा आधारीत यस कृति दैनीकी र यात्रा संस्मरण संरचनामा अगाडि बढेकाे र लेखक हितानले प्रथम विश्वयुद्धमा गोर्खाली पल्टनहरु उत्तर पश्चिम फ्रान्स र मेसोपोटामियामा गएर लडेको कथालाई बेजोड रुपमा प्रस्तुत गरेको उनले बताए । कथामा सुबेदार बहादुर सिंह बराललाई एक सह नायकको रुपमा प्रस्तुत गरिदै तत्कालिन नेपाली समाजमा भाषा संस्कृतिको जागरण तथा सुधार ल्याउन मित्रसेनसंग सहकार्य गरिएको वास्तविकतालाई आख्यानको रुपमा यति जीवन्तरुपमा प्रस्तुत गर्न सक्नु महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा इन्डियन गोर्खा सेनाका निवृत जेनेरल, बृगेडियर, कलनेल, सुबेदार जस्ता उच्च पदका पदाधिकारी सहित साहित्य अनुरागीको बाक्लो उपस्थिति रहेको थियो ।
आफ्नो लेखकीय मन्तव्यको क्रममा विजय हितान ले भने- म जस्तो एक लाहुरेले लाहुरेकोबारेमा लेखेको उपन्यासलाई लाहुरे र तीनका परिवारले माया गरेर पढिदिनुहुनेछ भन्दै उपस्थित उच्च पद सम्हालेर निवृत हुनु भएका अफिसरलाई आफ्ना युद्ध अनुभवलाई पनि साहित्यिक पुस्तकको रुपमा प्रकाशन गर्न हार्दिक अनुरोध गर्नु भयो ।
कार्यक्रम सञ्चालन प्रमुख संयोजक रवि रानाले गर्नु भएको थियो भने मास्टर मित्रसेनको- लाहुरेको रेलिमाई फेसनै राम्रो रातो रुमाल रेलिमाई खुकुरी भिरेको…. गीतमा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमा बिक्री भएको पुस्तकबाट संग्रहीत रकम हितानले आयोजक मगर समाज समिती र गोर्खाली सुधार शभालाई हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया