डाक्टर चुवाङ सुक क्वानले हङकङमा आज ७६ जना नयाँ कोरोना संक्रमित रोगी थपिएको कुरा जनाएकीछिन ।स्वास्थ सुरक्षा केन्द्रले दैनिक गर्ने पत्रकार सम्मेलनको घोषणा अनुसार ८ वटा आयातीत ,५९ वटा पुर्ववत केस संग संबंधित रहेकाछ्न जस अन्तर्गत ४० केस डान्स ग्रुपसंग संबंधित छ्न भने ९ वटा स्थानीय केसको स्रोत खुल्न सकेको छैन।कोरोना लाग्ने कुल संख्या ६,३१५ पुगेकोछ।

१ देखि ८५ वर्षका संक्रमित हुनेहरुमा ३३जना पुरुष र ४३ जना महिला परेका छ्न। हाल सम्म डान्स ग्रुपसंग संबंधित केसको संख्या ५२० पुगेकोछ।

१९ वटा केस परिक्षण केन्द्रबाट पत्ता लागेकोछ।जसभित्र ब्राजिल ,इन्डोनेसिया ,पाकिस्तान , मेक्सिको ,रशिया आदि देशबाट फर्किनेहरु परेकाछ्न।

अपुष्ट स्रोतबाट संक्रमित मध्ये केस नम्बर ७२४६ व्यक्ति नाथन रोडमा काम गर्ने पोकफुलामवासी हुन।केस नम्बर ६२४८ माओन शानवासी गृहिणी हुन। केस नम्बर ६२४९ काइ ताकबासी आइसिसी टावरमा काम गर्छन् ।केस नम्बर ६२५० केनेडी रोडमा बस्छ्न।केस नम्बर ६२५३मा ओन सान आफ्नो घरमा काम गर्छन् ।केस नम्बर ६२७८ नर्थ पोइन्टको रुबि कोर्टमा सेक्युरिटी गार्ड गर्छन् जो ताइ कोक चुइ निवासी हुन।

केस नम्बर ६२८३ कजवे बेको हेयर सेलुनमा काम गर्ने आँप ले चाउवासी हुन।केस नम्बर ६२९१ चुन वानवासी सेवा निवृत्त मानिस हुन।केस नम्बर ६२९२ क्यासल पिक रोडमा संचालित इन्जिनियरिङ कामसंग संबंधित युनलङवासी हुन।

तपाईको प्रतिक्रिया