यस गीतको सार्वजानिकिकरण संगै नेपाली सांगीतिक जगतमा नौलो आयाम थपिएको छ भन्दा फरक पर्दैन । माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ।

गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतको भिडियोमा गणेश छेत्री तथा रितिका गुरुङको अभिनय देख्न सकिन्छ ।

विशाल निरौलाको एरेन्ज, रन्जन राईको रेकर्डिङ तथा मास्टरिङ रहेको गीतको भिडियोको निर्देशन focus Phoenix team ले गरेका छन् । नविन तोलाङगीको सिनेमाटोग्राफी, राजाराम सिम्खडाको कोरियोग्राफी, राज धामीको सम्पादन रहेको भिडियो सबै पक्षबाट राम्रो बनेकोले सबैले मन पराउनेमा ढुक्क रहेको कुरा निर्माण समूहले बताएका छन् ।

तपाईको प्रतिक्रिया