काठमाण्डौं ।

तमु समाज युकेको स्वागत गान ‘स्वागत गर्छौं अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमुहरुको भाषा र संस्कृतिको जर्गेनामा सक्रिय संस्थाले आफ्ना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ। सुर्य गुरुङको शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक गीतमा रहेको छ । भाषा र संस्कृतिलाई जर्गेना तथा संरक्षण गर्दै देशको विकासमा तमु समाज युकेले गरेको योगदानको गीतमा वर्णन गरिएको छ ।

सुमन श्रेष्ठको छायाँकन तथा सम्पादन र सरु गुरुङ्ग रानाको निर्देशन भिडियोमा रहेको छ । ‘स्वागत गर्छौं अतिथिलाई ‘ गीतको भिडियोमा माया गुरुङ ,विन्दु घले , विमिला गुरुङ , रितु गुरुङ, टिका देवी गुरुङ , सुविना घले , प्रजु गुरुङ , जरिना गुरुङ , सुजिता गुरुङ , उदय गुरुङ , केदर वहादुर गुरुङ, सुवास गुरुङ , गोपाल गुरुङ, सञ्जोक गुरुङ, सिद्धाथ गुरुङ , गौरव गुरुङ , अर्जुन कुमार गुरुङ , सरु गुरुङ रानाको अभिनय देख्न सकिन्छ ।

‘स्वागत गर्छौं अतिथिलाई ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया