– ‘हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजना गरेको महिनाको तेस्रो शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार मानन्धर अभागीज्यूको गजल संग्रह ‘गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण भएको छ ।

हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलज्यूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयध्वज थापाज्यू, विशिष्ट अतिथिको आसनमा रहनुभएका वरिष्ठ नियात्राकार एवं मदन पुरस्कार विजेता युवराज नयाँघरेज्यू , लोकार्पित कृतिका समीक्षक वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्कीज्यू, अतिथिको आसनमा रहनुभएका कृतिकारकी जीवन साथी मानन्धर रेखा कालीज्यू, अर्थविद डा. रेबत बहादुर कार्कीज्यू, खाद्यसंस्थानका विभागीय प्रबन्धक रण बहादुर बुढाथोकीज्यू र लेखक मानन्धर अभागीज्यू लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष साहित्यकार नम्रता उप्रेतीज्यूले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको संचालन बहु प्रतिभाशाली साहित्यकार भुवन सिवाकोटीज्यूले सुन्दर तरिकाले गर्नु भएको थियो । आज विमोचित कृतिमा ९० गजलहरू छन् । हरेक गजलका सेरहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्रा. डा. गोविन्द मानसिंह कार्कीज्यूले बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गर्नू भएको थियो । करिब ४५ जना साहित्यकारज्यूहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनुभएका सर्जकहरू मध्येबाट रूद्र अधिकारी, अरूण खड्का, भिष्मराम पोखरेल, अमर अधिकारी, पागल यात्री, नम्रता उप्रेती, विष्णु थापा ‘बिछोड’, टि एन भट्ट विश्वामित्र, पूर्ण बहादुर श्रेष्ठ, गीता अर्याल, बद्री उप्रेती, भुवन सिवाकाेटी चौघरे, राजन न्यौपानेज्यूहरूले विमोचित कृतिबाटै गजल वाचन गर्नुभएको थियो भने विजयध्वज थापा, युवराज नयाँघरे, रण बहादुर बुढाथोकी, रेबत बहादुर कार्की, मदन प्रसाद नेपाल, बद्री उप्रेती, मानन्धर रेखा कालीज्यूहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया