बिश्व नेपाली साहित्य महासंघ जापान शाखाको आयोजनामा बिनेसाम शाखाका सदस्य प्रबिण लामाको “सिनकानसेनको देशबाट ” लोकार्पण , कवि राजु स्याङतानको ओ पेङ्ग्दोर्जे जापान लोकार्पण , सहसचिव सयपत्री थुलुङको “गाउँ फर्किरहेको परदेशी” टोकियो साँझ साथै सचिव गंगा गगनको शब्दमा रहेको म्युजिक भिडियो ए निबुले सोल्टीनि सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ।

बिश्व नेपाली साहित्य महासंघ जापानका केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बुको प्रमुख आतिथ्यमा जापनिज नेपाली भाषा साहित्यलाइ माया गर्ने हारुहितो नोजु तथा आदरणीय ब्याक्तित्वहरुको साथमा दिप प्रज्वलन तथा राष्ट्रियगानको साथमा कार्यक्रम सुरु भएको थियो ।
पहिलो चरणमा कृतिहरुको बिमोचन तथा आदरणीय ब्याक्तित्वहरुको मन्तव्य तथा कृतिका सर्जकहरुको भनाइ तथा भर्चुअल दुनियाँबाट विभिन्न देशहरुबाट आदरणीय व्यक्तित्वहरुका आफ्ना कुराहरु समेत जोडिएका थिए । पछिल्लो चरणमा प्रबासको व्यस्त समयलाई बचाएर सिर्जनामा मिसाउनु अनि एक अर्काको सिर्जनालाई सम्मान गरेर नेपाली भाषा साहित्यलाई विश्व भरबाट जोगाइ राख्नु , विश्वभर फैलिएका नेपाली सिर्जना प्रेमीहरुको कर्तव्य जस्तै बनिरहेको छ।

दोश्रो चरणमा कवि सयपत्री थुलुङको गाउँ फर्किरहेको परदेशी टोकियो साँझले जापानको टोकियोलाइ कवितामय बनाएको थियो। करिब एक दर्जन कविताहरु सुनाएर कवि थुलुङ्ले सबैलाई मन्त्र मुग्ध बनाइन साथै कार्यक्रमको अन्तिम चरणमा गङ्गा गगनको निबुले सोल्टिनी गीतको भिडियोले टाढा टाढाबाट कार्यक्रममा उपस्थित भएकाहरुका थकानलाई बिर्साइदिएको थियो । बिनेसाम शाखाले यस अघि पनि धेरै पटक कार्यक्रमहरु गर्दै आइरहेको छ। र यसपटकको कार्यक्रम पनि उत्कृष्ट ढंगले समपन्न भएको थियो ।

तपाईको प्रतिक्रिया