गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको ‘सानिवा पिन्ना, सम्तुमा मिन्ना’ बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक राष्ट्र नेपालमा दैनिक जसो विभिन्न भाषामा गीतहरू बजारमा आउने गर्छन् । कुलुङ भाषाको यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ।

मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड गरिएको हो । गीतकार मनुहाङ किराँती “साेलु”काे शब्दमा बनिएको याे छैटौं गीत हाे। यस अघि सल्पा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे, महाकुलुङ गान(संयुक्त), गुदेल माविकाे हीरक गान(संयुक्त), हाैं हामी किराँती बाेलकाे गीतहरु सार्वजनिक भैसकेका छ्न ।

शब्दकार मूलत: कवि र गजलकार हुन्। साहित्यिक कृति तर्फ सिर्जनाको मञ्जरी (कविता सँग्रह), मनकाे डायरी (गजल संग्रह), चाेचाेलुङ रिङरिदुम कुलुङ मुन्धुम संग्रह, सिर्जनाकाे पारखी लाेकछन्द बद्ध (बालकविता संग्रह) प्रकाशित छन भने उनले गुदेल माविका हीरक स्मारिका सम्पादन समेत गरिसकेकाे छ।

तपाईको प्रतिक्रिया