हङकङ न्युज डेस्क ।

.निजामती कर्मचारीहरु बुधबार डिसेम्बर २ तारीखबाट घरबाट नै काम गर्ने स्थिति

.दुई हप्ताको लागि खेलकुद केन्द्र ,थिम पार्क,काराओके लन्ज तथा माजोङ पार्लरहरु बन्द हुने भएकोछ

.सार्वजनिक स्थानमा दुइजना भन्दा बढी भेला हुन मनाही, रेस्टुरेन्टमा प्रती टेबल दुई जना मात्रै बस्न पाइने

.सामाजिक दुरि भंग गर्नेलाई तोकिएको निश्चित जरिवानालाई कडाइका साथ कार्यान्वयन गर्ने

.नियम उलंघन गरेको कुरा रिपोर्टिङ गर्नलाई हट्लाइन राखिने

.दुईवटा होटललाई केवल क्वारेन्टाइनको लागि मात्र प्रयोग गरिने

.यहि हप्ता थप पाँच वटा कम्युनिटी टेस्टिङ सेन्टर खोलिने र अब जम्मा १४ वटा सेन्टर हुने।

हङकङको स्वास्थ बिभागले सोमबार थप ७६ जनालाई संक्रमण भएको तथ्य सार्वजनिक गरेपछि राज्य प्रमुख क्यारी लामले यस्तो निर्णायक कदम चालेकी हुन। कोभिड्को चौथो लहरले हाम्रो जनजीवनमा गम्भीर असर पार्दैन यदि हामीले उचित सतर्कता अपनायौं भने उनले भनिन।

हङकङका सबै रेस्टुरेन्ट मध्यरातको सट्टामा राति १० बजे बन्द गर्नु पर्नेछ।१० बजे उप्रान्त टेक अवेको सुबिधा भने हुनेछ।काराओके लन्ज, मनोरञ्जन आर्केड,खेलकुद कक्ष र कन्सर्ट हल पुर्ण रुपमा बन्द हुनेछ्न।व्युटी पार्लर र मसाज पार्लर संचालनमा रहने छ्न तर थप कडा नियम पालनाका साथ।

” चौथो लहरको उत्कर्षलाई हामीले पार गरिसकेको छौँ भन्ने गलत सन्देश म दिन चाहन्न” लामले भनिन।

व्यापारिक एरियामा Leave Home भन्ने एप्स अनिवार्य राखिनु पर्दछ जसले कोभिड -१९ कन्ट्र्याक ट्रेसिङ गर्न सहयोग गर्दछ।

सामाजिक दुरिका नियम उलंघन गर्नेलाई अब हङकङ डलर २ हजार भन्दा बढी जरिवाना हुनेछ। थप तीन वटा क्वारेन्टाइन सेन्टर खोलिने भएकोछ।

बुधबारबाट नयाँ वर्ष नलागुन्जेल सम्मको लागि सेकन्डरी र प्राइमरी स्कुल बन्द हुनेछ्न।३० वटा भन्दा बढी स्कुलका स्टाफ तथा विद्यार्थीहरुमा पोजिटिभ देखिएका कारण यो निर्णय गरिएको कुरा लामले बताइन।

बुधबारबाट लागू हुने सामाजिक दुरि सम्बन्धि नियम कम्तीमा दुई हप्ता सम्मको लागि जारी रहनेछ।

तपाईको प्रतिक्रिया