काठमाडौं । चलचित्र ए पिक्चर (A Picture )को प्रिमियर शो भएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।

प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ए पिक्चर हेरिसकेपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै चलचित्रका दर्शकहरुले चलचित्र राम्रो बनेकोमा प्रशसां गरे । निर्देशक विवेक गुरुङले चलचित्रका हरेक पात्रले गरेको अभिनयले दर्शकको ध्यान तान्ने बताउनुभयो । उहाँले गुरुङ समुदायको मौलिक कला र संस्कृतिलाई देखाउनको लागी आफुहरु सक्षम भएको उहाँले बताउनुभयो

उहाँले नेपालमा अन्य सिनेमाहरु भन्दा गुरुङ सिनेमा फरक रहेको दाबी गर्नुभयो । त्यस्तै नेपाली माटोमा मौलिक धारमा अभिनय गर्न केही कठिन भएपनि रमाइलो मानेर नै अभिनय गरेको सो चलचित्रमा आबद्ध कलाकारहरुको भनाई रहेको थियो ।

फिल्ममा नविन गुरुङ, ओम गुरुङ , अन्जु गुरुङ, उर्मिला गुरुङ , एस जे पुन, सुजल परियार, कुशल गुरुङ, आशिष गुरुङ, सुसन गुरुङ, भरत पंगेनी , गौरब गुरुङ लगायत कलाकारको अभिनय छ । फिल्मलाई निकोलस गुरुङले छायांकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया