विराटनगर । नारदमुनि÷पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०८० बाट विराटनगरका पत्रकार शुशिला पाठकलाई पुरस्कृत गरिने भएको छ ।

आज बसेको कोषको बैठकले कान्तिपुर टेलिभिजनकी विराटनगर प्रतिनिधि पत्रकार सुशिला पाठकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कोषका संरक्षक शंकर लुइँटेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पत्रकार शुशिला पाठकलाई पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

११ हजार एक सय ११ रुपैया राशि रहेको सो पुरस्कार आगामी शुक्रबार एक समारोहका बीच वितरण गरिने सो कोषका संरक्षक पत्रकार शंकर लुईटेलले जानकारी दिए । वि.सं २०७८ बाट वितरण गर्न शुरु गरिएको पुरस्कार बाट पत्रकार अभय राई , विनोद सुवेदी पुरस्कृत भैसकेका छन ।

यसैगरी कोषले सरस्वती नमूना उच्च मावि झोराहाटमा अध्ययनरत उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया