काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।

क्यानाडामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरालाई गीतमा व्यक्त गरिएको छ । आफुलाई जीवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन ।
गीतमा प्रेमील जोडी बीचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया