२ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा।

अन्तत: विश्व कै पहिलो देशको रूपमा बेलायतले कोरोनाभाइरस विरुद्धको खोप अनुमोदन गरेकोछ।अर्को हप्ताको शुरूवातबाट प्रयोगमा आउने यो सुइलाई फाइजर – वायो एन टेक कोभिड-१९ भ्याक्सिन भनिएको छ।

करिब १५लाख मानिसको ज्यान लिदै विश्व अर्थतन्त्रलाई धरायसी तुल्याउन सफल यो महामारीको चपेटामाझ आएको यो भ्याक्सिनले नयाँ आशा जगाएको स्थिति छ।

” बेलायतभरी अर्को हप्ताबाट यो भ्याक्सिन उपलब्ध हुनेछ” बेलायती सरकारले भनेकोछ।

भ्याक्सिन कमिटीले कुन समूहलाई पहिला सुइ दिने जस्तै केयर होममा बस्ने , स्वास्थकर्मी ,बयोवृद तथा कम्जोर स्वास्थ भएकालाई भन्ने कुरालाइ निर्णय गर्दछ।

न्यु मेसेन्जर RNA(mRNA) टेक्नोलोजीमा आधारित यो भ्याक्सिनलाई फाइजर- बायो एन टेक (Pfizer-Bio-NTech) र अमेरिकाको बायोटेक फर्म मोडेरनाले परिक्षणमा ल्याउदा ९०% प्रभावकारी भएको थियो ।

तपाईको प्रतिक्रिया