हङकङमा शनिबार ८४ नयाँ कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएका छन्।

केही समययता हङकङमा पुनः धेरै मात्रामा कोरोना संक्रमित भेटिन थालेका हुन्।

शनिबार भेटिएका संक्रमितमध्ये ५४ जना पहिल्यै संक्रमित भएकाहरुबाट संक्रमित बनेका हुन्। तर २७ जनामा भने कसरी कोरोना सर्यो भनेर पत्ता लाग्न सकेको छैन।

यससँगै हङकङमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ६ हजार १२३ पुगेको छ। कोरोनाका कारण हालसम्म १०८ को मृत्यु भएको छ भने ५२ सयभन्दा बढी कोरोना मुक्त भएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सरकारले कोरोनाको सूचना लुकाउनेलाई कारबाही गर्ने नियम बनाएको छ।

कोरोना संक्रमित व्यक्तिले आफूमा संक्रमण भएको विषय लुकाएमा र उसले को–कोसँग कोरोना लागेपछि सम्पर्क गर्यो, उसको जानकारी नदिएमा ती व्यक्तिलाई कारबाही गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया