२ डिसेम्बर २०२०- हङकङ

आज बिहान करिब सात बजेतिर चिङ यीको च्यङ फाइ रोडको छेउको समुद्रमा एउटा मानिसको सब तैरिरहेको अवस्थामा एक बटुवाले देखे।प्रहरीलाई खबर गरेपछि फायर र मरिन प्रहरीले समुद्र वरिपरि छान मारी अधबैंसे मानिसलाई उद्वार गरि बाहिर निकालेर चेक गर्दा मृत्यु भैसकेको स्थिति थियोे ।अनुसन्धान गर्दा उनी ६१ वर्षका लाम थरका भएका मानिस थिए ।प्रहरीले कुनै सुसाइड नोट भेटेन।के कारणले मृत्यु भएको हो अटोप्सी गरेपछि मात्र थाहा हुने भएकोछ।

यदि तपाईहरु कसैमा आत्महत्याको सोच वा डिप्रेसनको लक्षण देखापरेमा २४ घण्टे बहुभाषिक हटलाइनमा कृपया कल गर्न सक्नु हुन्छ।The Samaritans Hong Kong : 28960000.

-श्रोत – दिम सम डेलि

तपाईको प्रतिक्रिया