१ फेब्रुअरी २०२१ । हङकङ । क्रान्ति सुब्बा ।

आज हङकङ सरकारले ९० मिनेट भित्र चार वटा  स्थानमा एम्बुस लकडाउन जारी भएको घोषणा गरेकोछ।

एक युन लङको  नम्बर ४२-५८A  अन हिङ स्ट्रीटमा अबस्थित हो चोइ बिल्डिङको ७८ युनिटमा ।

दुई चिम शा चोइको ८० नाथन रोडमा अवस्थित मेजेस्टिक हाउसको ५५ युनिटमा । यी दुई बिल्डिङ्लाइ आज बेलुकी सात बजेबाट प्रतिबन्धित क्षेत्रको सुचिमा राखिएको हो।

तेस्रो आज बेलुकी ८ बजे हुङ हाम काउलुन सिटिको २३-३५H मा थाउ वाइ रोड्मा पर्ने लुङ किङ मेन्सनको ब्लक A देखि D भित्र पर्ने ३७९ वटा युनिटहरु लक डाउनमा परेकाछ्न। यो लक भोलि सात बजेसम्म कायम रहनेछ।

चौथो लक डाउनको घोषणा आज बेलुकी ८:३० बजे भएको हो । जसमा परेकोछ याउ मा तेइको निम्न स्थान – १४२-१४८ र १५०-१६० रिक्लेमेसन स्ट्रीट , ५९ A – C  पब्लिक स्क्वायर स्ट्रीट र २A विङ सिङ लेन।

सामान्यतया बिहान दुई बजे भित्र यहाँका सबै बासिन्दाको कोरोना टेस्ट भैसक्नु पर्नेछ र बिहान सात बजे सम्ममा सबैको रिजल्ट आइसक्नु पर्नेछ जसले गर्दा लक डाउनको अन्त भै सबैले काममा जाने वातावरण बनाउने लक्ष्य सरकारले लिएको छ।

यी  क्षेत्रमा बस्ने जोकोहीलाई आफ्नो वतन छोड्न मनाही गरिएकोछ र सबैले अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ।

तपाईको प्रतिक्रिया