२ डिसेम्बर २०२० हङकङ ।

हङकङको स्वास्थ सुरक्षा केन्द्रले आज कोरोना संक्रमित १०३ जना थपिएको जानकारी दिएकोछ।अपरान्ह ४:३० बजे भएको पत्रकार भेलामा गरिएको जानकारी अनुसार ६ जना आयातित ,८२ जना पहिलाको केस संग संबंधित , १३ जना डान्स ग्रुपसंग संबंधित , १४ जना लोहास पार्क कन्स्ट्रक्सन साइटसंग संबंधित( जसभित्र दुई जना पारिवारिक सदस्य पनि परेकाछ्न) र १५ जना अपुश्ट स्रोतबाट संक्रमित भएकाछ्न।

अनभिज्ञ स्रोतबाट कोरोनाग्रस्त भएका मानिसमा मसाज गर्ने मानिस, नाइट सिफ्ट ट्याक्सी चालक ,सेक्युरिटी गार्ड,गृहिणी र सेवा निवृत्त परेका छ्न।

३९ वटा कोरोना केस फङ शु चुन डे एकटिभिटी सेन्टर एण्ड होस्टेल बाट आएका हुन। यो होस्टेलमा बस्ने ४१ जना र ३ जना काम गर्ने लाई संक्रमण भएकोछ। हङकङमा संक्रमित संख्या ६,५०० पुगेकोछ।

७३ वर्षकि वृद्ध ( केस नम्बर ५११०) को देहावसान क्युइन एलिजाबेथ अस्पतालको सघन कक्षमा १२:५३ बजे भयो। कोभिड – १९ बाट मृत्यु हुनेको संख्या जम्मा १०८ पुगेको छ।

तपाईको प्रतिक्रिया