हङकङ । विनाशकारी वाङ फुक कोर्ट आगलागीबाट प्रभावित घरपरिवारहरूलाई सरकारले शुरुमा घर खर्चको लागि ५० हजार हङकङ डलर दिने निर्णय गरेको थियो तर गृह तथा युवा मामिला मन्त्री एलिस माकले घर खर्च भत्ता बढाएर हङकङ डलर १ लाख पुर्याउने घोषणा डिसेम्बर ४ तारीख बिहीबार गरेकी छिन।
उनले अहिलेसम्ममा तीन सय घरपरिवारले हङकङ डलर ५० हजार घर खर्च प्राप्त गरिसकेको र बाँकी ५० हजार पनि उनीहरुलाई क्रमशः वितरण गरिने बताइन् ।
“रनवे 1331” भनिने काइ ताक स्थित अस्थायी वतनमा बस्दै गरेका वासिन्दालाई आफ्नो गृह जिल्ला ताइ पो आउन जान सुविधा होस भनेर शटल बस (निशुल्क यातायात )हरुको पनि बन्दोबस्त गरिनेछ । ”
माकले दिएको अप्डेट अनुसार ताई पो वांग फुक कोर्ट सपोर्ट फंडमा हङकङ डलर २.५ अर्ब जम्मा भएको छ जसमा सरकारको तर्फबाट आएको रकम ३० करोड मिलाउदा कुल रकम २.८ अर्ब पुगेको छ।
यस फंडबाट हाल सम्ममा १,९२९ घर परिवारले हङकङ डलर १० हजार इमरजेंसी नगद प्राप्त गरिसकेका छ्न र घर खर्च भत्ताको रूपमा वितरण हुने प्रति घर हङकङ डलर ५० हजारको लागी ६७४ वटा एप्लीकेशन प्रोसेसमा गइसकेको छ।
आगलागीमा दु:खद निधनमा परेका व्यक्तिका परिवारजनको लागि शोक राशि स्वरूप प्रत्येक परिवारलाई हङकङ डलर २ लाख छुट्याइएको छ। साथै दाहसंस्कारको लागि प्रत्येक परिवारलाई हङकङ डलर ५० हजार सहयोग प्रदान गरिनेछ ।
सात दिन भन्दा कम समयसम्म अस्पताल भर्ना भएका घाइते व्यक्तिले चोटपटक लागे वापतको क्षतिपूर्ति रकम हङकङ डलर ५० हजार पाउनेछ भने सात दिन भन्दा ज्यादा समयसम्म अस्पताल भर्ना भएकाले हङकङ डलर १ लाख पाउनेछन् ।
वांग फुक कोर्ट निवासी फुल-टाइम स्टूडेंट साथै त्यहाँ काम गर्ने सेक्युरिटी गार्ड, वर्कर र डोमेस्टिक हेल्पर सबैले हङकङ डलर २० हजार अनुदान मिल्नेछ ।
उनले फन्ड संकलनको लागि कुनै पनि किसिमको डोनेशन क्युआर (QR) कोड सेट सेट गरिएको छैन र क्यु आर कोड देखाएर ठगी धन्दा गर्नेहरु देखि सावधान रहन जोड दिइन।
यसका अलावा वांग फुक कोर्टका वासिन्दाले २४/२५ ट्याक्स ईयरको ट्याक्स बिल, पानी, ग्यास र बिजुलीको बिल तिर्नु पर्ने छैन ।
सरकारले प्रभावित बासिन्दाहरूलाई उनीहरूको आवास समस्या नि:शुल्क समाधान गर्न दीर्घकालीन सहयोग प्रदान गर्ने आश्वासन मन्त्री माकले दिइन् ।





