३ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा ।

आज संक्रमित ९० कोरोना केस अन्तर्गत ११ जना आयातित परेका छ्न जसभित्र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर,एकजना फिलिपिनो डोमेस्टिक हेल्पर जो फिलिपिन्सबाट फर्किएकी,३ जना नेपालबाट आएका, एक जना रशिया र एक जना फ्रान्सका परेका छ्न।४८ केसको संम्बध  पुर्ब केससंग रहेकोछ भने ३१ स्थानीय केसको स्रोत खुल्न सकेको छैन ।

पहिला कै केसबाट सरेका ४८ केस मध्ये  २१ केस डान्स ग्रुप क्लस्टरबाट रहेका छ्न जस मध्ये १२ जनालाई क्वारेन्टाइन सेन्टर पठाइसकिएको छ। ५ वटा केस लोहास पार्क फेज ९ कन्स्ट्रक्सन साइटबाट आएका छ्न।२वटा केस फङ शु चुन डे एक्टिभिटी सेन्टरबाट र एउटा केस सान पो कोङ स्थित पाक लोक नर्सिङ होम बाट आएकोछ।हङकङमा कोरोना संक्रमित केस जम्मा ६,५९० पुगेको छ।

डान्स ग्रुप क्लस्टरबाट संक्रमित हुनेको संख्या ६०० पुग्न लागेकोछ।

हिजो कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुने ७३ वर्षकि वृद्ध महिला नेपाली भएको पुष्टि भएकोछ। याउ मातेइको लाप ताक हाउसनिवासी ऊनी दीर्घ रोगी थिइन। ज्वरो , वान्ता र पखालाले सताएपछि २ अक्टोबरको दिन उनलाई क्युइन एलिजाबेथ अस्पतालको सघन कक्षमा राखिएको थियोे ।तेसपछि उनलाई कोभिड भएको पुष्ठि भयो।उपचार पश्चात् उनिमा भाइरस नेगेटिभ देखिएको थियो ।अक्टोबर १९ का दिन क्वारेन्टाइनबाट मुक्ति पाएकी थिइन।तत्पश्चात स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटर प्रयोग गर्नु पर्ने स्थिति र सघन कक्षमा नै राख्नु परेको थियोे। अवस्था खस्किदै गएपछि २ डिसेम्बर दिनको १२: ५३ बज्दा देह त्याग गएकी थिइन।हङकङमा कोभिड-१९ को चौथो लहर सेप्टेम्बरको शुरुआतमा आरम्भ भएको हो।तेसबेला उक्त मृतक महिला भर्खर हङकङ आएकी थिइन।मृतकको परिवार खानाको लागि चिम शा चुइ गएको थियो, हो तेसैबेला भाइरसको प्रवेश नेपाली समुदायमा भएको अनुमान गरिएको छ।

हङकङ युनिभर्सिटीका डाक्टर हो पाक ल्यङका अनुसार मृत्यु हुने नेपाली रोगी उपचार पछि दुई चोटि सम्म नेगेटिभ पनि भएको अवस्था थियोे ।

तपाईको प्रतिक्रिया